फेरि त्रिभुवन विमानस्थलबाट करिब ४ किलो सुन बरामद

कलाखबर संवाददाता,९,साउन,–काठमान्डौं । चेक जाँचको क्रममा फेरि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुन बरामद गरिएको छ । मंगलबार प्रहरीले ३ किलो अवैध सुन सहित पाँच जना भारतिय नागरिकलाई पक्राउ गरेको थियो। आज बुधबार पनि प्रहरीले त्रिभुवन विमानस्थलबाट सुन सहित दुई थाइ नागरिकलाई पक्राउ गरेको हो।
थाई एयरलयान्सको फ्लाइट नम्बर टिजी ३१९ नम्बरको विमानबाट काठमाडौं आएका दुई जना थाइ नागरिकलाई प्रहरीले ३ किलो ६ सय ८० ग्राम सुनसहित नियन्त्रणमा लिएको विमानस्थल प्रहरी प्रभक्ता एसपी दिनेशराज मैनालीले जान्कारी दिए ।
उनीहरुले सुनको माला, बाला, घडीको कभर, सिक्का लगायत बनाएर सुन ल्याएका थिए । तीन दिनको अवधिमा विमानस्थलबाट करिब १० किलो सुन बरामद भएको छ। यसको आधिकारिक अनुसन्धान गरिने प्रहरी स्रोतले जनाएको छ ।