Logo

भनु जयन्तीको अवसरमा चन्द्रगीरीमा कविता सृजना गर्दै प्रम ओली


 

राजकुमार राई,३१,असार–काठमाडौँ । अज आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले एक साहित्य सृजना कार्यक्रमको आयोजना गरेको छ । त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशी त्यहाँ पुगेर साहित्यकारहरु सिर्जनामा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गरेका थिए । अन्य सहभागी स्रष्टाहरुले समेत स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्न ब्याए । करिब ८ मिनेटमा लगाएर प्रधानमन्त्री ओलीले कविताको रचना गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्ने बताए ।

उनले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्ने बताए । चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्