Logo

अपराधीक घटनामा आधारीत “अदालत” फिल्मको छाँयाङ्कन सकियो


 

कलाखबर संवाददाता,२३,असार–काठमाडौँ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्मित फिल्म ‘अदालत’को छायांकन समापन भएको छ । राजधानीका विभिन्न आसपासमा छायाँकन गरिएका शो फिल्म समापन भएको निर्देशक दिनेश लिङ्देनले जानकारी दिए ।

समाजमा देखिएको महिला हिंसा, हत्या, अपहरण लगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश चलचित्र मार्फत आफूले दिन खोजेको निर्देशक लिङ्देनले बताए ।

‘फिल्मको विषयबस्तु नै अपराधीलाई कारवाही गर्दै अदालतले कसरी पीडितलाई न्याय दिन्छ भन्ने सन्देश छ,’ उनले भने, ‘हामीले फिल्म मार्फत अदालतको न्याय प्रक्रियालाई देखाउन खोजेका छौं ।’ उनका अनुसार फिल्मको छायांकन उपत्यकाको विभिन्न स्थानमा गरिएको थियो ।

प्रस्तुतकर्ता हस्त लिवाङरहेको चलचित्रमा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दीलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरे लगायतको अभिनय रहेको छ ।

मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको फिल्ममा डा। डिजन भट्टराईको गीत, रोशन वान्तवा राईको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको द्वन्द्व, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक निर्देशक रहेको चलचित्रमा विक्रम डिसीको छायाँकन समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्