नोबेल सकोस साहित्य प्रतिष्ठान द्वारा आठ श्रस्टालाई सम्मान

कलाखबर संवाददाता,३,असार–काठमाण्डौ । नोबेल साकोस साहित्य प्रतिष्ठानले शनिबार एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठत आठ स्रस्टालाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कमलादी स्थित प्रज्ञा भवनमा आयोजित सो समारोहमा विभिन्न क्षेत्रका साहित्यक स्रस्टाहरुको बाग्लो उपस्थिति रहेका थिए ।
कार्यक्रम्मा नोबेल सकोस साहित्य प्रतिष्ठानकी अध्यक्ष स्वरस्वती गौतम सभापति रहेकी थिईन भने, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती प्रमुख अतिथि रहेका थिए । त्यस्तै गरि नेपाल सरकारका पूर्व मन्त्रि शान्ता मानवी,नेपाल सरकारका सचिब गोपी मैनाली,प्राज्ञ इतिहासविक डा. खेम कोइराला वन्धुका दिनेश राज पन्त संस्थका संरक्षकहरु हरिभक्त सिग्देल,यवराज मैनाली आदी विशिष्ट अतिथिहरुमा रहेका थिए ।
साहित्यकार,नरेन्द्रराज पौडेल,रामकुमार पहाडी, पशुपति विकास कोसका कोषा–ध्यक्ष डा. मिलन कुमार थापा,योगी नरहरिनाथ ट्रष्टका शंकर पौडेल,कोष दाताहरु मिना सिग्देल,शिव प्र. उपाध्याय,एन्जेलिना न्योपाने,संस्थापकका सदस्यका पिता दुर्गा प्रसाद न्यौपाने, तथा माता विष्णु कुमारी न्योपाने,कृति समिक्षक कलानिधि दाहाल, सल्लाहकार डा. शुरेस थापा,प्रहरी उपनिरीक्षक पुरुषोतम थापा आदि अन्य अतिथिहरुमा रहेर कार्यक्रमको शोभा बढाएका थिए ।
मञ्चमा आसिन सबै अतिथिहरुलाई प्रभा श्रेष्ठ र सुजता पुलामीले माला तथा खदा वितरण गरेका थिए । कार्यक्रमलाई औपचारिक रुपमा अगाडी बढाउने क्रम्मा संस्थाका सचिव प्रभा श्रेष्ठले स्वागत मन्तव्य राखेपछि पानसमा दीप प्रज्वलन गरि प्रमुख अतिथि र संस्था संरक्षकबाट संयुक्त रुपमा कार्यक्रमलाई उदघाटन गरिएको थियो ।
उदघाटन पश्चात विशेष अतिथि गोपी मैनालीले शुभकाना मन्तव्य दिदै साहित्य जगतमा कलम चलाउने स्रष्टाहरुलाई हौशला स्वरुप यसरी सम्मान तथा पुरस्कृत गरेकोमा आयोजक टिमलाई विशेष धन्यवाद ज्ञापण गर्नु भयो । साथै समाजका विसंगति, विकृति र धमिलोपनलाई साहित्यले बढालने भएकोले साहित्य सृजना र संरक्षणका लागी नेपाल सरकारले छुट्टै कोष बलियो रुपमा खडा गर्नु पर्ने मैनालीको भनाई थियो ।
साथै सम्मानित हुने सबै स्रष्टाहरुलाई पनि उहाँले बधाई दिनु भयो । प्रमुख अतिथि गंगा उप्रेतीले नोबेल साकोस साहित्य प्रतिष्ठानले यस किसिमका उदारणीय कार्यक्रम गरेर साहित्यक प्रतिभाहरुको मनोबल बढाएको बताउनु भयो । समाज परिवर्तनका लागी सबै भन्दा ठूलो शक्ति साहित्यमा नै लुकेको हुनाले यसको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो ।
साथै साहित्यका विशेष विधामा कलम चलाएबापत सम्मानित स्रष्टालाई बधाईसँगै यसता उदाहरणीय कार्यक्रम आयोजना गरेकोमा आयोजक प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहेको बताउनु भयो । मन्तव्य पछि साहित्यका विभिन्न विधामा विशेष कलम चालाउने आठ जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई रु ११,१११ बराबरको नगद राशी र सम्मान पत्र वितरण गरिएका थिए ।
सम्मानित हुनेहरुमा साहित्यकार विजय चालिसे, कृष्ण गौतम, हरि प्र. सोडारी,गोपी कृष्ण प्रसाई, श्री कृष्ण न्योपाने, तुलसी हरि कोइराला, सुधा पाल्पाली,लिलाधर पाण्डे आदि रहेका थिए । यसरी सम्मानित सबैलाई हार्दिक बधाई दिदै, सम्मानित र पुरस्कारको बारेमा संयोजक युवाराज मैनालीले जानकारी गराउनु भयो । साहित्यका विभिन्न विधामा उत्कृष्ट कलम चाएर योगदान दिने स्रष्टाई मात्र सम्मान तथा पुरस्कृत गरिएको समेत उहाँले बताउनु भयो ।
साथै सञ्चारकर्मी तथा साहित्यकार राजन न्योपाने द्वारा लिखित समालोचना कृतिको विमोचन समेत प्रमुख अतिथिबाट गरिएको थियो । विमोचन पछि कलानिधि दाहालले पुस्तकको समिक्षा गर्दै यस भित्र समाजका गतिशिल,यथार्थता एवम् महत्वपूर्ण र गहकिला विषयहरु समेटिएको बताउनु भयो । दाहालले यस किसिमको आमुल परिर्वतन मुलक कृति लेखकलाई धन्याबाद तथा बधाई समेत दिनु भयो ।
नोबेल सकोस साहित्य प्रतिष्ठान सस्थापक तथा साहित्यकार राजन न्यौपानेले यति धेरै साहित्य अनुराँगीहरुको माझमा आफ्नो कृति विमोचन गर्न पाउदा अतेन्तै गर्भ महशुस भएको बताउनु भयो । साथै यस कृतिभित्र समाजका थयार्थपण समितिएको र जसले समाजमा धेर थोर परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गर्नु भयो ।
यस नोबेल सकोस साहित्य प्रतिष्ठानले हरेक वर्षको एक पटक सबै साहित्य प्रतिभाहरुसँग भेटघाट स्वरुप यस्ता कार्यक्रमहरु गर्दै आएको समेत उहाँे बताउनु भयो । विलकुलै नितान्त आफ्नो व्यक्तिगत तावरबाट यो कार्यक्रमको आयोजना गरिएको र यसलाई सफल पार्न सहयोग गर्नु हुने सबैलाई अध्यक्ष स्वरस्वर्ती गौतमले धन्यबाद दिनु भयो ।
यसरी यति धेरै साहित्य प्रेमीहरुको माझमा स्रष्टाहरुलाई सम्मान गर्न पाउदा निकै खुशी महशुस भएको समेत उहाँले कलाखबरलाई बताइन् । यस कार्यक्रबाट अझै आगामी दिन राम्रो कार्यक्रम गर्ने झन हौशला र पे्ररणा मिलेको समेत गौतमको भनाई थियो । कार्यक्रमलाई रोचक बनाउन विभिन्न रचना बाचन समेत गरिएका थिए ।
रचना वाचन गर्दा पछाडीबाट वावा र तालीको आवाज हल भरि गुञ्जिए । सञ्चारकर्मी तथा संस्थाका सस्थापक राजन न्यौपानेले कार्यक्रमलाई एकदमै आकर्षक ढङ्गले सञ्चालन गरेका थिए ।