Logo

पर्यटन समिति गठनको लागि तयारी भेला सम्पन्न


कलाखबर सम्वाददाता, १ अषाढ २०७५ । पर्यटन क्षेत्र र त्यससँग सम्बन्धित व्यवसायीहरुको हकहित संरक्षणको निम्ति एकताको आवश्यकता महशुस गरिएको अहिलेको परिस्थितिमा आधिकारिक पर्यटन समितिको गठनको लागि आज राजधानीमा एक भेलाको आयोजना गरिएको छ । कर्ण घलेको अध्यक्ष्यतामा बसेको सो भेलाले १५ सदसिय आयोजक समिति गठन गरेको छ।

 

पर्यटन क्षेत्रलाई समावेशी बनाई समान व्यावसायिक हक अधिकार सु निश्चित गर्दै पर्यटनको उत्थान गर्ने उद्देश्यले पर्यटन समिति गठन गर्न लागिएको संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य समेत रहेका कर्ण घलेले बताए। पर्यटन समिति गठनका लागि आयोजना गर्न लागिएको भेलालाई प्रभावकारी बनाउन आजको भेलाले आयोजक समिति सदस्यहरु सम्मिलित विभिन्न समितिहरु गठन गरिएको छ।

 

यस समितिहरु अन्तर्गत कर्मा शेर्पा संयोजक रहेको व्यवस्थापन समिति, जसमा जे. बि. खालिंग र सुरज गुरुङ सदस्य रहेका छन्।  धिरेन बाहिंग संयोजक रहेको आर्थिक समितिमा मिङमार दावा शेर्पा र विरबहादुर तामाङ सदस्य रहेका छन् भने तथा प्रचार प्रसार समितिमा संयोजक छिरिङ शेर्पा तथा अशोक कुमार तामाङ र ङावा शेर्पा सदस्य रहेको जनाएको छ ।

 

भेला आयोजक समितिमा भने गेल्बु छिरी शेर्पा, सुजन बाहिङ, केवल कुमार राई, लोकबहादुर तामाङ, दिलकुमार श्रेष्ठ लगायत सदस्य रहेका संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य लाक्पा शेर्पाले जानकारी दिएका छन् ।अब हुने पर्यटन समितिको भेला तथा समिति गठन कार्यक्रमको तिथि भने अनुकुलता हेरेर जानकारी गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्