Logo

सातै प्रदेशको बजेट आज हुदै


 

 

 

 

 

लक्ष्मी श्रेष्ठ, १ असार,२०७५ काठमाडौं । नेपालोको ७ वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७५ र ७६ को बजेट प्रस्तुत गर्दैछन् । देश संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारले आफ्नो बजेट ल्याउन लागेका छन । नेपाल सरकारले असार १ गते भित्र आगामी वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने छ । सातै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दैछन् ।

जेठ १५ गते १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको केन्द्र सरकारले प्रदेश तहलाई १ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले केन्द्र सरकारबाट विनियोजित बजेट र आफ्नो आन्तरिक स्रोतको विश्लेषण गरेर बजेट प्रस्तुत गर्नुपर्ने छ ।

प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । नीति तथा कार्यक्रमलाई टेकेर सातै प्रदेशहरुले बजेट ल्याउन लागेको हो। नीति तथा कार्यक्रममा प्रदेशहरुको अलग–अलग प्राथमिकता भएकाले बजेट पनि त्यही अनुसार आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्