सांढे ३३ किलो सुन तस्तरीका मुख्य नाईके प्रहरीको फन्दामा( भिडियो सहित )

राजकुमार राई,८,जेष्ठ–काठमाण्डौ । सांढे ३३ किलो सुन तस्तरीका मुख्य नाईके गोरे नामले चिनिने चूडामणि उप्रेती पक्राउमा परेका छन् । काठमाण्डौको गौरीघाटबाट मंगलबार विहान ७ बजेर ३४ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयमा आज एक पत्रकार सम्मेलन गरि गोरेलाई सार्बजनिक गरिएको छ ।
लामो समयको अनुसन्धान पछि गोरे पक्राउन गर्न सफल भएको गृहमन्त्रालयका सह–सचिप तथा सांढे ३३ किलो सुन तस्तरी एवम् सनाम शाक्य हत्या प्रकरण छानविन गर्न गठिट टोलीका संयोजक ईश्वर पोख्रेलले जानकारी दिनु भयो । उनलाई जिल्ला अदालत मोरङ आजै पठाउने तयारी भई रहेको समेत उहाँले बताउनु भयो ।
काठमाण्डौमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको समेत पोख्रेलले बताउनु भयो । सांढे ३३ किलो सुन तस्तरी एवम् सनाम शाक्य हत्या प्रकरण छानविन गर्न गठिट टोलीले लामो समयदेखि उनको खोजी गर्दै आएको थियो । मोरङमा सोनम शाक्य हत्या प्रकरण पछि हाल सम्म उनी फरार रहेका थिए ।
फागुन तेस्रो साता प्रहरीले ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा हाल गोरे सहित फरार सूचीमा रहेका ३३ जाना विरुद्ध बहस जारी छ ।