पन्ध्रौं मुक्तक मेला भब्य रुपमा सम्पन्न
कलाखबर संवाददाता, ३०, बैखाख– काठमाण्डौँ । शनिवार नेपाल मुक्तक प्रतिष्ठानद्वारा मुक्तक मेला तथा मुक्तक वाचन कार्यक्रमको आयोजना गरिएको छ । सर्वनाम थिएटर कालिकास्थानमा आयोजित कार्यक्रमा प्रमुख अतिथिको रुपमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति श्री सरू भक्त रहेको थिए ।
प्रमुख अतिथिले दीप प्रज्वलन गरि कार्यक्रमलाई अगाडी बढाएका थिए । दीप प्रज्वलन पश्चात प्रतिष्ठानका सचिप बादल घिमिरेले स्वागत मन्तव्य दिएका थिए ।नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजीको अध्यक्षतामा कार्यक्रमलाई संचालन गरिएको थियो ।
उक्त मेलामा नेपाल मुक्तक प्रतिष्ठानको सल्लाहकार एवम् वरिष्ठ गजलकार श्री ज्ञानुवाकर पौडयाल तथा सर्वनाम थिएटरका संचालक नाटककार अषेश मल्लले पनि मुक्तक प्रति आफ्नो धारण राखेका थिए । मन्तब्य पछि मुक्तककारहरु
( उदास कार्की , शान्ति शर्मा , दुर्गा तिवारी ,निर्मल रमण पराजुली , प्रकश बस्नेत गफाडी, गोपाल अश्क , गुप्तबहादुर श्रेष्ठ , निशा के सी , जसध्वज गुरूङ , ऋषि बराल , बिटु के सी अजवी पौडयाल, मनोज न्यौपाने, निलान्जना भारद्वाज, गणेश खतिवडा, शिवराम खड्का आदिले मुक्तक वाचन गरि कार्यक्रमलाई रौनग्ता थपेकेका थिए । कार्यक्रमलाई प्रतिष्ठानका सदस्य श्री भट्टराईले सञ्चालन गर्नुभएको थियो ।