चन्दा दाहाल र दिपक खड्कालाई कुण्डन राज पाण्डे( सरापेले ) लखेदे पछि तहल्का….भिडियो सहित….
राजकुमार राई,बैशाख,१२–काठमाण्डौ । रामेछाप जिल्लाको सुनापति गाँउपालीका –४ मा दिपक खड्काको जन्म भएको हो । शान्त स्वभाव अनि मिलनसार खड्का वाल्यकालमा निकै चुल्बुले स्वभावका थिए । एकान्त सुन्दर प्रकृतिको काखमा गएर रमाउने तथा प्रकृतिको आँगनमा खेल्न खुब मन पराउथे ।
वनपाखामा गुन्जिएका चरिबरिको आवाजले उहाँमा एक प्रकारको साँगितिक धुन पैदा हुन्थ्यो । जसले उहाँलाई कलाकारिता जगत अपनाउन बाध्य बनायो । उहाँमा सानैदेखि एक कुसल कलाकार तथा गायक बन्ने चाहाना र रुची थियो । हुने बिरुवाको चिल्लो पात उहाँमा सानैदेखि राम्रो गला र प्रतिभा थियो ।
जसको कारण अन्त त उनी एक सफल कलाकार बनेरै छाडे । लामो समयको साधना तथा मेहनतबाट निखारिदै केहि समय पछि यस क्षेत्रमा लागेको हो । सानै देखि उहाँमा शब्द चयन , गायन तथा मोडलिङ गर्ने ठूलो शोक र अभिरुची थियो । यो आफनो चाहाना र सपनाालाई पुरा गर्दै अगाडी बढेका खड्काले छोटो समयमा नै निकै चर्चा कमाउन सफल भए ।
आम दर्शक स्रोताको मनमा बस्न सफल खड्का हाल गीत संगीतसंगै टेलिफिल्म क्षेत्रमा समेत प्रवेश गरि सकेका छन् । बहुमुखी प्रतिभाको धनी खड्काले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् । मोडल दिपक खड्का र करुण पाण्डेको शब्द तथा गणेश अधिकारीको संगीत रहेको केरा पाक्यो गल्कियो बोलको गीतमा,प्रकाश कटुवाल र कमला खड्काले स्वर भरेका छन् ।
चन्दा दाहाल, दिपक खड्का, यादव देवकोटा, कुण्दन राज पाण्डेको आदीको मुख्य अभिनय रहेका छन् । खमेश श्रेष्ठको निर्देशन तथा सागर गौतमले छयाँङ्कन रहेको यस भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । टिपिकल दोहोरी भाका रहेको गीतमा हास्य कमेडी समेत रहेको छ ।