Logo

‘प्रेमबाणी’को निर्माण घोषणा


कलाखवर सम्वाददाता, बैसाख ९ – चलचित्र ‘प्रेमबाणी’को अफिसियल निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको औपचारिक घोषणा गरिएको थियो । सुशील शाहीले निर्माण गर्न लागेको चलचित्रलाई रिभान मल्लले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा चलचित्रमा मिथुन हमाल, आरोही सिंह, सुशील शाही, सन्तोष आचार्य, रोशन बिसी लगायतका कलाकारको अभिनय रहने छ । यही वैशाख २० गतेबाट छायाङ्कन सुरु हुन लागेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको एक्सन, विनोद सापकोटाको छायाङ्कन, बाबुले गिरी र आशिक श्रेष्ठको सङ्गीत, आयुष बिसीको कथा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्