Logo

अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव समापन


कलाखवर सम्वाददाता,चैत २९ – अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव समापन भएको छ। सर्वनामको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सव बिहिबार समापन भएको हो। चार दिनसम्म आयोजित महोत्सवमा १३ वटा नाटक मञ्चन गरिएको थियो। नेपालसहित बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्याण्ड र नेदरल्याण्डका निर्देशकहरु एकल नाटक लिएर आएका थिए।

बिहिबार भने तीन नाटक मञ्चन भए । पुरू लम्सालद्वारा लिखन तथा विरेन्द्र हमालको निर्देशनमा नाटक ‘देउकासी’ मञ्चन भएको थियो। एक अविवाहित प्रौढ नारीको संवेदनालाई शुशिला थापाले अभिनयमार्फत प्रस्तुत गरेकी थिइन्। त्यसपश्चात, हङकङका रगंकर्मी इडि लाम फुन हिउको लेखन निर्देशन एवं अभिनयमा नाटक ‘सिटी फ्लेस’ मञ्चन गरियो । नाटकमा घर छाडेर सहर आएकी असाहय युवतिको मनोदशालाई देखाइएको थियो।

सर्वनामका संस्थापक एवं नाट्यकर्मी अशेष मल्लले समापन कार्यक्रममा बोल्दै आगामी वर्षमा पनि अन्तर्राष्ट्रय महोसत्व आयोजना गर्ने बताए।कार्यक्रममा विभिन्न मुलुकबाट आएका कलाकार एवं निर्देशकलाई प्रशंसा पत्र पनि वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्