सलमानलाई ५ वर्षको जेल
कलाखवर संवादाता,चैत २४ – अभिनेता सलमान खान २० वर्ष पुरानो कालो हरिण सिकार मुद्दामा दोषी ठहरिएका छन् । सन् १९९८ जोधपुरमा चलचित्र ‘हम साथ साथ हे’को छायाङ्कनको क्रममा सलमान विरुद्ध कालो हरिण सिकारको केस दर्ता गरिएको थियो ।सोही कारण उनी दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।
उनीसँगैका आरोपीहरु सैफअलि खान, तब्बू, निलम र दुष्यंतललाई भने अदालतले छोडदिएको छ ।सलमानका वकिलले २ वर्षको जेल सजाय माग गरेका थिए । त्यस्तै सरकारी वकिलले ६ वर्षको सजाय माग गरेका थिए । अन्त्यमा सलमानलाई ५ वर्षको सजाय सुनुवाइ भएको हो । बिश्नोई कम्युनिटीले सलमानको कालो हरिण सिकारको केस दर्ता गरेको थियो ।बिश्नोई कम्युनिटीले दुर्लभ प्रजातिको कालो हरिणलाई संरक्षण गर्दै आइरहेको छ ।
पछिल्लो अपडेट अनुसार सलमानलाई मेडिकल चेकका लागि लिइएको छ । त्यसपछि जोधपुर सेन्ट्रल जेलमा लगिनेछ । जोधपुर जेलका डीआईजी विक्रम सिंहले फैसलालाई मध्येनजर गर्दै जेलमा सबै सुरक्षा र तयारी सकिएको जानकारी दिएका छन् ।बाथरूम राम्रो अवस्थामा छ । अन्य कैदीलाई जस्तै खाना सलमानलाई पनि दिइनेछ ।