Logo

जावलाखेलमा भारतीय कलाकारले यसरी नेपाली दर्शकहरुलाई नचाए  


कलाखबर संवाददाता,फागुन १९- ललितपुर । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनले चेतावनी दिएपछि भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम रद्द भएको छ ।

भारतीय ुसांस्कृतिक आक्रमणु भन्दै ‘जे पनि हुन सक्ने’ चेतावनीसहित आयोजकलाई कार्यक्रम रद्द गर्न विज्ञप्ति निकालेपछि राजधानीमा हुने भनिएको कार्यक्रम रद्द गर्नुपरेको थियो ।

तर, शनिबार भारतीय कलाकारहरुले राजधानीमा नै भव्य कार्यक्रम गरेका छन् । त्यसलाई भने नेकपाले कुनै पनि अवरोध गरेन ।

चर्चित भारतीय व्यान्ड सनमले ललितपुरको जवलाखेलमा कार्यक्रम गरेको हो । पूराना गीतहरुको कभर गर्ने देखि आफ्ना नयाँ गीतहरुका लागि चिनिएको ब्याण्ड भारतको शीर्ष १० स्वतन्त्र युट्युव च्यानलहरुमा पर्दछ ।

कार्यक्रममा स्वप्न सुमन र लाहुरेले पनि प्रस्तुति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्