Logo

हिउँदे मौसममा पुमोरी हिमालको पहिलो सफल आरोहण


Mt. Pumori summit

छिरिङ्ग शेर्पा , ७ माघ २०७४ । यस हिउँदे मौसमको पहिलो पर्वतारोहण दलले ७१६१ मिटर उचाईको पुमोरी हिमाल सफलतापुर्वक आरोहण गरेका छन् । पुमोरी विन्टर एक्सपिडिसन नामक पर्वतारोहण टोलीले सो हिमाल २० जनवरीमा आरोहण गरेको टोलीमा सम्मिलित पर्वतारोही मकालु गाउँ पालिका, संखुवासभाका तेम्बा भोटेले जानकारी दिएका छन् ।

उक्त दलमा चार जना स्पेनिस , एक जना पाकिस्तानी र दुई जना नेपाली पर्वतारोही रहेकोमा सबै जनाले सफल आरोहण गरेका छन्। यस पर्वतारोहण दलको पर्वतारोहण व्यबस्थापन सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि. गरेको थियो ।

हिउँद मौसममा अत्यधिक चिसो हुने भएकोले पर्वतारोहणको लागि भने उपयुक्त समय नभए पनि नेपाल सरकारले ईच्छुक पर्वातारोहिहरुका लागि आरोहण खुल्ला गरेको छ।

यस पुमोरी हिमाल संसारकै सर्वोच्च शिखर सगरमाथा भन्दा ८ किलोमीटर पश्चिम तर्फ अवस्थित छ । यसको सफल आरोहण प्रथम पटक सन् १७ मे १९६२ मा गरहार्ड लेंसर नेतृत्वको जर्मन – स्विस टोलिले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्