Logo

सिजन मिडियाद्धारा   लेट मि इन मिसेस व्यूटी क्वीन नेपालको पहिलो असिडन सम्पन्न


काठमाडौं– सिजन मिडियाद्धारा पहिलोपटक आयोजना गरिएको विवाहीत महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपालको लागि पहिलो चरणको छनौट प्रक्रिया सम्पन्न भएको छ । छनौट प्रक्रियावाट २० जना सहभागीहरु छनौट गरिएको छ भने आगामी मंसिर २३ गते शनिवार हुने द्रोस्रो चरणको छनौटमा १० प्रतियागीहरु छनौट गरि जम्मा ३० जना प्रतियोगीहरुलाई यो कार्यक्रममा समावेश गराइने आयोजकले जनाएको छ ।

शुक्रबार भएको छनोट कार्यक्रममा निर्णायक मण्डलमा डा।प्रमेश कोइराला, आरजे भिजे साहरा प्रधान,अलाइभ फिटनेश सेन्टरकी सन्चालीका देवीका राई र कोरीयो ग्राफर रोजीन शाक्य रहेका थिए ।

अन्तिम छनौट पछि यहि मंसिर २५ गतेवाट प्रतियोगीहरुलाई रोजीन शाक्यले प्रशिक्षण दिनेछन् । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको आयोजकको दावी छ ।

नेपालभरका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्यनजर गरि उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुका साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजक प्रदिपराज वन्तले बताए ।

छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, ¥याफ्टीङ,सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

प्रतियोगिताका विजेताले लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल” को उपाधी सहित रु १ लाख ७५ हजार वरावरको टिभिएस स्कुटर , लेट मि इन को तर्फवाट १ लाख ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने र ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु दिने व्यवसथा गरिएको छ । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार वरावरको लाभा मोवाइल फोन साथै लेट मि इन को तर्फवाट १ लाख र ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्