Logo

चर्चित गायिका मिलन अमात्यको रुनै मन लाग्ने मार्मिक गीत सार्वजनिक ( हेर्नुस् निकै नै मार्मिक गीतको. भिडियो


काठमाडौँ, २० मंसिर ,राजकुमार राई । श्रीमानसँगको सम्बन्ध विच्छेदपछि चर्चित गायिका मिलन अमात्यले निकै नै मन छुने गीत लिएर दर्शक स्रोता माझ आएकी छिन् । अमत्यको सुमधुर स्वरमा सजिएको ूयो कस्तोू बोल रहेको गीतको भिडियो हालसालै मात्र यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतकार केदार सुनुवारको रचना रहेको यो कस्तोमा संगीत भरेर सुनमा सुगन्ध थप्ने काम अहिलेका जल्दा बल्दा संगीतकार भुगोल दाहाल गरेका छन् भने संगीत संयोजन रोमी बस्नेतको रहेको छ ।

यस गीतको भिडियोमा निर्देशक दिपेश सुनुवारको निर्देशनमा मोडल यङ हङ लबुङ र कविता सुनुवारको जोडदार अभिनय रहेको छ । र सम्पादन तथा छयांकन पनि निर्देशक सुनुवार स्वयंकै रहेको छ।

आफ्नो देश छाडेर युवाहरु दैनिक जसो पराइ भूमिमा जानु पर्ने पिडालाई चित्रण गरेको यो गीत निकै नै मार्मिक रहेको निर्देशक सुनुवार बाताउँछन । यस गीतले लाखौ दर्शकरस्रोताको मन जितेर चर्चाको शिखर चुम्न सफल होस् पिएनपिखबर परिवारको तर्फबाट सम्पूर्ण टिमलाई शुभकामना

 

प्रतिक्रिया दिनुहोस्