Logo

लुक्ला विमानस्थलबाट काठमाण्डौ तर्फ उडेको विमानको ककपिट मै पाईलट निदाएपछि ( हेर्नुहोस भिडियो)



काठमाण्डौ,१९, मंसिर,राजकुमार राई ।सोलुखुम्बुको जटिल स्थान लुक्ला विमान स्थलबाट बाट काठमाण्डौको लागि उडान गरेको विमानका पाईलट ककपिट मै निदाए पछिको भिडियो युट्युबमा भाइरल भएको छ ।

सम्पूर्ण यात्रुहरुको भाग्य र भविष्य नै काधमा लिएर हिडेको पाईलटले यस्तो हविगत देखाए पछि यात्रुको जिम्मेवारी कसले लिने ? एक यात्रुले खिचेको भनिएको उक्त भिडियो नेपोन टिभीले युट्युबमा अपलोड गरे पश्चात हाल सम्म उन्नाइस हजार भन्दा बढीले हेरिसकेको र थुप्रै आलोचनात्मक टिप्पणीहरु गरिएको छ ।

विमानमा दुइ जना पाईलट भएता पनि एक पाईलटहिमाली भेगको उडानका क्रममा आकाशमा निदाउदा को जिम्मेवार हुने रु नेपालको कठिन भौगोलिक अवस्थितिमा पायलट अत्यन्त सचेत रहनु पर्नेमा बाहिर आएको यस घटनालाइ सरकारी निकाय र एयरलायन्स संचालकहरुले गम्भिर रुपमा लिनु जरुरी छ ।यस्ता खालका घटनाले गर्दा इयुले नेपालको हवाइ क्षेत्र प्रति उठाउदै आएको सुरक्षा सम्बन्धि प्रश्नलाइ बल प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्