Logo

नायक प्रदीप खड्कासँग, गायिका प्राश्ना खडकाको डेटिङ जाने चाहाना


काठमाण्डौ,४–मंसिर, राजकुमार राई, प्राश्ना शाक्य साङ्गीतिक क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । करिब एक दशकअघि ‘आवाज देऊ’, ‘गाउँले जीवन’लगायतका गीत गाएर धरानबाट एकाएक चर्चामा छाएकी शाक्य केही समय गायनबाट हराएकी थिइन् । अहिले उनी फेरि गायनमै फर्किसकेकी छन् । ०६० मा ‘आवाज’ एल्बम निकालेर साङ्गीतिक क्षेत्रमा पाइला बढाएकी उनका ०६५ मा फेरि पप गीत एल्बम ‘उदयन’ आयो । यो एल्बमपछि विवाह बन्धनमा बाँधिएकाले पनि उनी गायन क्षेत्रबाट एकाएक हराइन् । वैवाहिक सम्बन्धलाई चार वर्ष निरन्तरता दिए पनि असफल भएपछि उनी फेरि आफ्नो गुमेको पहिचानलाई कायम राख्न साङ्गीतिक क्षेत्रमा सक्रिय छिन् । केही समय पहिले गायनको निरन्तरताका लागि ‘प्राश्ना’ एल्बम ल्याएकी उनी अहिले देशविदेशको कार्यक्रममा समेत व्यस्त हुन थालेकी छन् । उनै गायीकासँगको दश प्रश्न:

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

– गीत सङ्गीतमै रमाएकी छु । केही दिन पहिले मात्र नेपाल टुर सकेर फर्किएकी हुँ । यो टुरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गरेर २४ जिल्लामा आयोजना भएको थियो । बजाज कम्पनीको यो प्रमोसनल टुर थियो ।

 

आगामी दिनका योजना के छन् नि ?

– म्युजिक भिडियो अवार्डका लािग २९ तारिकमा दुबई जाँदैछु । त्यसपछि कार्यक्रमको सिलसिलामा हङ्कङ जाँदैछु । नयाँनयाँ गीतहरू पनि गरिरहेकी छु । यस्तै यस्तै हो ।

 

देश विदेशका कार्यक्रममा व्यस्त हुने गायिका, सौन्दर्यतिर कतिको सचेत हुनुहुन्छ ?

– सौन्दर्यतिर ध्यान दिनुपर्छ र दिने गरेकी छु । सन् क्रिम, मस्करा, गाजल, लिबिस्टिक लगाउन मनपर्छ । यी कहिलै छुटाउँदिन भन्दा पनि हुन्छ । पहिले पहिले मेकअपमा धेरै समय लाग्थ्यो । अहिले नर्मल आधा घन्टा । समय छैन भने योभन्दा पनि छिटो गर्न सक्छु ।

 

एक्सरसाइज गर्ने गर्नुभएको छ ?

– नियमित एक्सरसाइज गर्ने गरेकी छु । एक महिना भयो । एक्सरसाइज गर्न पाएकी छैन । टुरको कार्यक्रमले गर्दा पनि हो । अब फेरि सुरु गर्छु ।  नियमित जिम, योगा र प्रणायम मेरो नियमित एक्सरसाइज हुन् । यसको अलवा निन्द्रा पुर्याउँछु । खुसी हुने कोसिस गर्छु ।

 

फेसनतिर रुचि कतिको छ ?

– छ, किन नहुने ? मेरो विचारमा महिलालाई राम्रो सारी र कुर्तामा देखिन्छ । मेरो सौन्दर्य पनि यी पहिरनमा नै झल्किन्छ । म धेरै क्याजुअल ड्रेसअपमै हिँड्छु । यसमै फिट देखिन्छु जस्तो लाग्छ । यी पहिरनमा नै म क्युट देखिन्छु ।

 

अधुरा सपना ?

– धेरै छन् । सङ्गीतको कुरा गर्ने हो भने आफ्नै सङ्गीत, कम्पोज र शब्दमा गीत गाउने, बनाउने रहर छ । त्यो पूरा हुन सकेको छैन । सङ्गीतमै रहेका धेरै व्यक्तिहरूसँग काम गर्ने रहर छ । त्यो पूरा हुन सकेको छैन ।

 

गायनको पहिलो कमाइ के गर्नुभयो ?

– म स्कुल पढ्ने, सानै थिएँ । सो समयमा मलाई एक गीत रेकर्डिङको अफर आयो । गीत रेकर्डिङ सक्दा मलाई दुई सय दिनुभएको थियो । सो पैसा मैले स्कुल ड्रेसका लागि फ्रक किने ।

 

भुल्न नसक्ने घटना नि ?

– हजुरआमाको निधन म कहिलै भुल्न सक्दिनँ । किनभने आमाबुबाले भन्दा पनि मलाई उहाँले हुर्काउनुभएको हो । मलाई उहाँले धेरै पुल्पुल्याएर हुर्काउनुभएको थियो । मेरो परिवारमा अहिलेसम्म पनि चार पुस्ता छन् । उहाँलाई गुमाउनु पर्दाको पीडा भुल्न सकेकी छैन ।

 

मनभित्र बस्ने मान्छे ?

मनभित्र बस्ने मानिस पहिले थियो । अहिले छैन । पुरानो कुरा कोट्याउन खोज्नुभएको हो भने त्यसले मलाई अहिले केही फरक पर्दैन । प्रेम टुटेपछि म अहिले धेरै खुसी छु ।

 

रोजेको व्यक्तिसँग डेटिङको अफर दियो भने ?

– हिरो प्रदीप खड्का निकै मनपर्छ । उनी ट्यालेन्ट पनि लाग्छ । नेपालका धेरै हिरो ह्यान्डसम छन् । उनी धेरै ह्यान्डसम लाग्छ । डेटको अफर मिले उनीसँगै जान चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्