Logo

३० लाख दिएपनि अनमोलले फिल्म न खेल्ने भए


 

१६,कातिक काठमाण्डौ,राजकुमार राई ।पछिल्ला बर्षमा नेपाली फिल्म उद्योगको कोहि स्टार छ र कसैको स्टारटम बिक्छ भने त्यसको पहिलो नम्बरमा युवा स्टार अनमोल केसीको नाम आउँछ । कम फिल्म खेलेर सबै फिल्मलाई वक्सअफिसमा हिट दिने अनमोल निर्माताको नजरमा अनमोल रतन नै बन्ने गरेका छन् ।

यो बीचमा एकै फिल्मको लागी अनमोलले २० लाख लिएको खबरले केहि महिना पहिले फिल्मी बजार ततायो । यो बिषयमा अनमोलका पीता तथा अभिनेता भूवन केसीले अनमोलको रेट निर्धारण गरेको समेत हल्ला चल्यो ।

तर फिल्मीखबरसँगको कुराकानीमा भूवनले अनमोलको रेट आफुले निर्धारण नगर्ने बताएका छन् ।‘अनमोल आफैमा स्टार हो, पैसा भन्दा पनि कन्टेन्ट र टिम हेरेर उसले फिल्म खेल्छ, कसैले २० हैन ३०, ४० लाख दिँदैमा पनि उसले फिल्म खेल्छ भन्ने छैन्’, भुवनले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्