रानी पोखरी, खुल्यो, भाईटीका थाप्नेहरुको भीड

४ कात्तिक, काठमाण्डौ, राजकुमार राई । नेपालीहरुको महान पर्व दिपावली तिहारको चौथो दिन, नेपाली परम्परा र चालचलन अनुसार चेलीले माईटीलाई भाई टिका लगाई दिने चलन छ । यो परापूर्वकालदेखी चलि आएको मान्यता हो ।
जुन दिन जसको आफ्नो दिदी बहिनी छैन, अर्थात टाढाको प्रदेशबाट घर फर्कन सक्दैन, त्यसले काठमाण्डौको रानी पोखरी मन्दिरमा आएर अरुबाट टिका थाप्ने गर्छन् । आफ्नो स्वंयम दाजुभाई नहुने तथा दिदीबहिनी नहुनेले विशेष गरि आफ्नै चेली माईटी मानेर टिका लगाई दिने र ढोगने गर्छन् ।
टिका थाप्न आउनेहरुले आफ्नो गक्षेअनुसारको दक्षीना दिने चलन छ । यस्तो धार्मिक ईतिहास र महत्वपूर्ण आस्था बोकेको पवित्र मन्दिर ७२ सालको भुकम्पले छेढ्विछेढ बनाएका थिए । जुन वर्षको एक पटक मात्र खुल्ने गर्छ । यो अवस्थामा सरकारले मर्मत सम्वार गर्नु त कता न कता उल्टै कानमा तेल हालेर टुलुटुलु हेरेर बस्नु दुखदपूर्ण भएको छ ।