फूल विक्रिबाट मनग्य आम्दानी
आश्विन १ काठमाण्डौ, राजकुमार राई । नेपालीहरुको महान पर्व दिपावली तिहारको रमझसँगै सयपत्री फूलको विक्रि ब्यापार पनि सुरु भएको छ । राजधानीका हरेक चोक तथा पसलहरुमा विभिन्न प्रकारका फूलहरु विक्रिमा राखिएका छन् । तिहारको वेला सयपत्री फूल निकै महँगोमा बिक्रि हुने गर्दछन् ।
प्रति माला ५०० देखि १००० सम्ममा विक्रि हुने गरेको व्यापारी सानु बाबु लामा बताउछन् । साथै लामाले दैनिक १५० जुप्पा फूल विक्रि गर्दा दश हजार देखि पन्ध्र हजार सम्म फाईदा हुने समेत बताउनु भएको छ । जुवागलखेल, रामेछाप काभ्रे, सिन्धुली तथा धादिङका विभिन्न ठाउँहरुबाट फूल राजधानी भित्रिने गरेको समेत उहाले बताउनु भयो । नेपाली कला संस्कृति एवम् परम्पराअनुसार भाई टिकाको लागी सयपत्री फूललाई निकै मान्यता दिईन्छ ।