उपत्यका बाहिर मेरो पैसा खोई
काठमाण्डौ १९ आश्मिन,राजकुमार राई । दसैंको फूलपातीदेखि काठमाडौं उपत्यकाका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको चलचित्र मेरो पैसा खोई, शुक्रबारदेखि उपत्यका बाहिरका चलचित्र हलहरूमा आउने भएको छ ।सफलता पाइरहेको चलचित्र छक्कापञ्जा दुईसँगै प्रदर्शनमा आएको मेरो पैसा खोइले एक साताको छोटो समयमा प्रदर्शन गर्ने निर्णय गरेकाले पनि पर्याप्त प्रचार–प्रसार गर्न सकेन ।
जबकि यसमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङ जस्ता कहलिएका कलाकारले अभिनय गरेका छन् ।काठमाडौंमा अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि निर्माण पक्ष उपत्यका बाहिरका दर्शकले यो चलचित्र मनपराउने कुरामा ढुक्क छ । चलचित्र मेरो पैसा खोई हास्य प्रधान चलचित्र हो जसमा शरीर बेचेर जीवन गुजारा गरिरहेकी एक युवतीको प्रेमकथा हेर्न पाइन्छ । सुरुमा बलिउड निर्देशक विवेश शर्माले निर्देशन गरेको यो चलचित्रबाट उनले हात झिकेपछि निर्माता रोज राणा आफैंले उक्त चलचित्रको निर्देशनसमेत गरेका हुन् ।