Logo

टेलिसिरियल ल्याप्चेले आफ्नो सयौ भागको स्वर्ण उत्सब मनायो ।


 भाद्र – २०, राजकुमार राई, काठमाडौँ, आज ल्याप्चे टेलिसिरियलले सयौं भाग पुरा गरेको अबसरमा आफ्नो स्वोर्ण उत्सब मनाएको छ । काठमाडौंको बागबजार स्थित, यति प्लाजामा आयोजित उक्त कार्यक्रममा पत्रकार भेटघाट तथा अन्तरक्रिया आयोजनागरी सुभकामना आदानप्रदान समेत गरिएको छ । बिभिन्न मिडिया र हाँँँँस्य कार्यक्रमहरुको प्रतिस्प्रधाको बीच छुट्टै पहिचान बनाएको यस टेलिसिरियलले आफ्नो उत्सब पनि छुट्टै तरिकाले नै मनाएको छ । आफ्नो जन्मौत्सबको अवसर पारि आयोजना गरिएको कार्यक्रमसँगै गोर्खा जिल्ला स्वाँरा गाउमा रहेको दृस्टीबिहिन बालबालिकाहरुको लागि सहयोगार्थ स्वरुप बिभिन्न सामानहरु समेत वितरण गरेको छ । सबै कलाकारहरुको उपस्थितिमा एकसाथ केक समेत काटि सामुहिक तस्बिर खिचिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मनोरन्जन गराउने मात्र उदेस्य नभई समाजका आपतबिपत र दुर्घटनामा परेको पिडितलाइ पनि ल्याप्चे परिवारले एकजुटभइ सहयोग गर्दै आएको आई रहेको छ । २०७२ साल भदौ २० गते देखि NTV PLUE बाट यस टेलिसिरियल औपचारिक रुपमा प्रसारण हुदै आएको छ । यस टेलिसिरियलमा मुख्य कलाकारको भूमिकामा लेखक दिलिप तामाङ्ग, निर्माता मित्रलाल तामाङ्ग,क्यामेरा मेन मरुभूमि नारायण, निर्देसक लक्ष्मन लम्साल र टिकाराम आले रहेका छन्, भने आन्य सहायक कलाकारहरुमा रोहित कार्की, दिलिप तामाङ्ग, देब बहादुर शाही, हेमा शाही, देबी आले, लक्ष्मन चौलागाई, राज कुमार श्रेष्ठ, लगायत बिदेसी कलाकार एलिना हार्डीयम आदी रहेका छन् । उक्त कार्यक्रममा कलाकार तथा पत्रकार गरि ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्