Logo

हाम्रो भाका हाम्रो लोक संस्कृतिक प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति द्वारा बृहत तीज संस्कृतिक कार्यक्रम २०७४ आयोजना


TEEJ Culture Program2074

TEEJ Culture Program2074

कलाखबर सम्बाददाता , काठमाडौं।  हिन्दुहरुको महान चाड तीज नजिकिदै गरेको बेला आज “हाम्रो भाका हाम्रो लोक संस्कृतिक प्रतिष्ठान नेपाल”, उपत्यका समन्वय समितिले लोक संस्कृतिको जगेर्ना तथा एक अर्का बीचमा आत्मियता होस भन्ने उद्देश्यका साथ “बृहत तीज सांस्कृतिक कार्यक्रम २०७४” को आयोजना गरेको छ । अनामनगर स्थित मिडिया इन्टरनेसनल को सभाहलमा आयोजित उक्त तीज बिशेष कार्यक्रम  भव्य रुपमा सम्पन्न भएको थियो ।

teej program 2075

कार्यक्रमका सभापति प्रतिष्ठानका, उपत्यका समन्वय समितिका अध्यक्ष छिरिङ्ग मिङ्गयुर शेर्पा , प्रमुख अतिथिका रुपमा ” हाम्रो भाका हाम्रो लोक संस्कृतिक प्रतिष्ठान नेपाल ” का केन्द्रिय अध्यक्ष रत्न पुलामी मगर हुनुहुन्थ्यो भने बिशिष्ठ अतिथिहरुमा प्रतिष्ठानका महिला उपाध्यक्ष कमला पोख्रेल , प्रथम उपाध्यक्ष आशिक राई , द्वितीय उपाध्यक्ष अनन्त अर्याल, महासचिव तथा चर्चित लोक दोहोरि गायक कृष्ण रानाभाट , केन्द्रिय सचिव तथा कुशल पत्रकार राजकुमार राई, कोषाध्यक्ष मेनुका घिमिरे लगायत हुनुहुन्थ्यो । यसै गरि अतिथिहरुमा प्रतिष्ठानका केन्द्रिय सदस्यहरु गायक डि. बि . तामांग , गायिका बिनिता राई, गायिका शर्मिला के. सी .  , गायक सन्तोष दवाडी , गायक भिम कुसारी , लक्ष्मी श्रेष्ठ , गायक पासांग लोप्चन, तथा प्रतिष्ठानको धादींग जिल्ला समितिका पदाधिकारीहरुका साथै कलाकारहरु हुनुहुन्थ्यो।

teej Nach प्रतिष्ठानको उपत्यका समन्वय समितिको महासचिब द्रोण पराजुलीले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रतिष्ठानको उपत्यका समन्वय समितिको कोषाध्यक्ष तथा रेडियो नेपालका पत्रकार रामचन्द्र बस्नेतले कार्यक्रम आयोजकको तर्फबाट सम्पूर्ण आमन्त्रित अतिथिहरुका लागि स्वागत मन्तव्य राख्नु भएको थियो भने  केन्द्रिय सिमिति  महासचिब तथा लोकदोहोरी गायक, लोक तारा कृष्ण रानाभाटले प्रतिष्ठानको उद्देश्य र भावी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो यसै गरि तीजको बारेमा कोषाध्यक्ष मेनुका घिमिरेले प्रकाश पार्नु भएको थियो भने केन्द्रका अध्यक्ष रत्न पुलामी मगरले प्रतिष्ठानको कार्य योजना प्रस्तुत गर्नुका साथै यहि अशोज ६ गते राष्ट्रिय नाचघर जमलमा दशैँ पर्वको शुभ अबसरमा बृहत संस्कृतिक कार्यक्रमको आयोजना हुन गईरहेको पनि जानकारी दिनुभएको थियो ।

 

2074 teejकार्यक्रममा नेपाल लोक तारा द्वय कृष्ण रानाभाट तथा कमल पोख्रेलको दमदार सांगीतिक प्रस्तुति रहेको थियो। गायिका अन्जु तामांग , गायिका सर्मिला के. सी.  को एकल प्रस्तुति तथा अन्य दोहोरि गायकहरुको दोहोरिले उपस्थित सम्पूर्ण अमन्त्रितहरुलाई नचाउनुभएको थियो । केन्द्रका  प्रथम उपाध्यक्ष आशिक राईको हास्य प्रस्तुतिका साथै केन्दिय सचिव राज कुमार राईको व्यंग्यात्मक चुटकिला सुनेर सबै दर्शकहरु रमाउनुभएको थियो ।

teej 2074

 

कार्यक्रमको अन्त्यमा प्रतिष्ठान, उपत्यका समन्वय समितिका सदस्य, जनसम्पर्क विभाग प्रमुख तथा रेडियो एवं न्युज २४ टेलिभिजनका पत्रकार कृष्ण अधिकारिले कला संस्कृतिको महत्वलाई प्रकाश पार्दै यसको प्रवर्द्धन गर्दै अगि बढ्नु पर्ने भनाइ राख्नुहुदै आमन्त्रित सबै बिशिष्ठ  व्यक्तित्वहरु प्रति “हाम्रो भाका हाम्रो लोक संस्कृतिक प्रतिष्ठान” , उपत्यका समन्वय समितिको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्