Logo

लोक सञ्चार कर्मी नेपाल द्वारा २७ वटा सामुहिक तिज एल्बम विमोचन


 

श्रावन –१० राजकुमार राई, काठमाडौं ।  आज राष्ट्रीय लोक सञ्चारकर्मी नेपाल द्वारा २७ वटा सामुहिक तिज एल्बम विमोचन कार्यक्रमको आयोजना गरिएको छ । मिडिया इन्टरनेसनल हलमा आयोजित सो कार्यक्रममा विभिन्न संगीतकर्मी, कलाकर्मी तथा सञ्चार कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सभापतिमा हरिवल्लभ नेपाल, प्रमुख अतिथिमा चर्चित गायीका चन्द्रकला शाही, अतिथिहरुमा गायक नविन खड्का, गायीका शर्मीला गुरुङ, सञ्चारकर्मी कृष्ण कँडेल, चन्द्रमनि गौतम, राम अविरल , सुर्दशन आचार्य, बिमा कुमारी दुरा आदि रहेका थिए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रकला शाहले यो तिज पर्व विशेष गरी नेपाली हिन्दु नारीहरुको एक्लो महान चाड भएकोले पुरुषहरुले यो पर्वको गीत गाउन नहुने बताउनुभयो । त्यसतै गरी अहिलेको अवस्थामा आएर नेपाली संस्कृति नै तहसनहस भएको तथा विकृतिको रुपमा फैलदै फेशनको रुपमा देखिन थालेकोले तिजको गीत पुरुषहरुले नगाउन वरिष्ठ गायक नविन खड्काले आग्रह गर्नुभयो ।

नेपाली मौलिक लोककला संस्कृतिको बचाउ तथा नजिकिदो तिज पर्वसंगै राम्रा-राम्रा गीति एल्वमहरु सामुहिक रुपमा विमोचन गरी सबै मिडिया तथा नारीहरुको हातमा पुरयाउने उद्देश्य स्वरुप यस कार्यक्रमको आयोजना गरिएको राष्ट्रीय लोक सञ्चारकर्मी नेपालका सहसचिब रामनाथ घिमिरेले बताउनुभयो । कार्यक्रममा सबै कलाकारहरुले आ आफनो विमोचित एल्वमका गीतहरु सुनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्