२०४ औं भानु जयन्तिको अवसरमा ओपसद्वारा एक साहित्यक कार्यक्रमको आयोजना

राजकुमार राई , काठमान्डौँ ।
अर्गनाईजेशन अफ प्राईभेट स्कुल ओपसले एक साहित्यक कार्यक्रमको आयोजना गरेको छ । २०४ औं भानु जयन्तिको अवसरमा
ओपसद्वारा एक साहित्यक कार्यक्रमको आयोजना भानु जयन्तिको अवसरमा ओपसद्वारा आयोजित
कार्यक्रममा विभिन्न साहित्यक स्रस्टाहरुको उपस्थिति रहेको थियो ।
राष्ट्र कवि माधब घिमिरेले विशिष्ट अतिथि तथा साहित्यकार डा सत्य मोहोन जोशिले प्रमुख अतिथिको भुमिकामा रहेर कार्यक्रमको
शोभा बढाएका थिए ।शताब्दी पुरुष तथा साहित्यकार डा सत्यमोहन जाशीले उक्त कार्यक्रमलाई दीप प्रजवलन गरी उदघाटन गरेका
थिए । विभिन्न विद्यालयका शिक्षकवर्ग तथा हजारौँ विद्यार्थीहरुको माझमा साहित्यकारहरुले कविता वाचन गरेका थिए ।
रुसी विज्ञान तथा साँस्कृतिक केन्द्र कमल पोखरीमा आयोजित उक्त कार्यक्रमा विशेष गरि साहित्यक फाँटमा उदाएका साहित्यक
स्रस्ता तथा राष्ट्र कवि माधब घिमिरेलाई सम्मान तथा यस्ता साहित्यक सर्जकहरुको आशिर्वाद तथा छाप नयाँ पुस्ताका कल्कलाउदो
आफनो विद्यार्थीहरुमा पनि पर्न सकुन भन्ने उद्देश्य स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको ओपसका अध्यक्ष लोकेन्द्र बहादुर
खडकाले कलाखबरलाई बताउनुभयो ।
विगत लामो समयदेखि विभिन्न विद्यालयका विद्यार्थीहरु बीचको प्रतिस्पर्धा तथा प्रशिक्षण मुलक तालिम र राष्ट्रिय स्तरका विभिन्न
कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा ओपसका सचिव विश्व अर्यालले बताउनु भयो ।
राष्ट्रीय स्तरका व्यतित्व तथा विभिन्न साहित्यक सर्जकहरुको उपस्थितिमा कार्यक्रम सफल भएकोमा ओपस परिवार निकै
गौरवान्वित भएको सहसचिब रबिन बस्नेतले बताए ।
सो कार्यक्रममा विद्यार्थी शिक्षक वर्गले समेत गहकिला कविता वाचन गरेका थिए ।