सबै तहको निर्वाचन आगामी माघ ७ गतेभित्र गराउनु पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री देउवाको भनाई
छिरिङ शेर्पा, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय सभाको वार्षिक बैठकमा बोल्दै प्रधानमन्त्री शेरबहादुर
देउवाले सबै तहको निर्वाचन आगामी माघ ७ गतेभित्र सम्पन्न गराएर मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडी बढाउनु सरकारको
पहिलो प्राथमिकता रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको भन्दै सबै पक्षलाई सहयोग गर्न अपील गरे ।
उनले उच्च शिक्षाको प्रमुख दायित्व बोकेको त्रिभुवन विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
उक्त कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई
विश्व परिवेश सुहाउदो बनाउन सरकार प्रयत्नरत रहेको बताए ।