हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको दही चिउरा कार्यक्रम


आषाढ—राजकुमार राई काठमान्डौ,आज हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालले एक साँस्कृतिक समारोहका बीच दही चिउरा कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठनका अध्यक्ष रत्न पुलामी मगरको अध्यक्षतामा कार्यक्रमलाई अगाडी बढाएको थियो ।
पहिल्यै देखि चलि आएको नेपाली सँस्कृति अनुसार आषाढ पन्ध्रलाई धान दिवस पनि भन्छि । यो दिन विशेष गरि झयाउरे भाका गाउने चलन पनि छ । हाम्रो कला सँस्कृतिको उत्थान तथा प्रवर्धन र विकासका लागी स्थापित यस संस्थाले अब हरेक चाडबाड लाई मध्यनजर गर्दै थुप्रै कार्यक्रम गर्ने उद्देश्य रहेको सँस्का महासचिब कृष्ण रानाभाटले बताउनु भयो ।
आफुमा रहेको आफनो कला प्रतिभा र संस्कृतिलाई बचाउ गर्दै अब यस सँस्थालाई नमुनाको रुपमा बनाउनु पर्ने उपाध्यक्ष अनन्त प्रसाद अर्यालको भनाई थियो । कार्यक्रममा दोहोरी गायीका मेनुका बम्जन ,कमला पोख्रेल, लोक गायीका शर्मिला के.शी. थापा संगीतकर्मी डि.वि. तामाङ कृष्ण रानाभाट जस्ता कलाकारहरुले रमाईलो प्रस्तुति दिएका थिए ।