Logo

धुमधामसंग बुद्धजयन्ति मनाईयो, बौद्ध र स्वयम्भूमा बौद्धमार्गीको भीड


छिरिङ शेर्पा, काठमाडौं । बैसाख शुख्ल पुर्णिमा अर्थात विश्वमा अहिंशा र शान्तिको ज्ञान फैलाउने शान्तिका अग्रदुत भगवान बुध्दको २५६१ औं शुभजन्म जयन्ति सम्पुर्ण बौदमार्गी भक्तजनहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि देशैभरि हर्षोल्लास पूर्वक मनाए।

ऐतिहासिक महत्वका बोकेका बौध्द धर्मावलम्बिहरुका विभिन्न धार्मिक स्थलहरु ( बौध्दनाथ महास्तुपा, स्वम्भूनाथ स्तूपा , चारुमति स्तूपा, नमोबुध्द, भगवान बुध्दको जन्मस्थल लुम्बिनीका साथै विभिन्न गुम्बाहरुमा पाठपूजा , दिपबत्ति अर्पण तथा परिक्रमा गर्ने श्रध्दालु दर्शनार्थीहरुको भीड लागेको थियो । सेवा नै धर्म हो भन्ने दयालु भावना भएका कतिपय भक्तजनहरु भने अशक्त तथा अशहायहरुको सेवा तथा दानधर्ममा पनि पुर्ण सक्रिय थिए ।

यस पुनित उपलक्षमा बौध्द स्तुपा परिसरमा चीनबाट आउनु भएका आदरणिय धर्मगुरु , रिम्पोछे भूपति बज्र लामा ज्यू बाट विशेष आशिरवचन कार्यक्रम पनि भएको थियो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उपस्थित हुनुहुन्थ्यो।

यसै अवसरमा शेर्पा सेवा केन्द्रले शान्ति पदयात्रा कार्यक्रमको आयोजना गरिएको थियो। सो पदयात्रा कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरु, बौध्द भिक्षुहरु, बिधार्थी तथा बौध्दमार्गि भक्तजनहरुको बाक्लो सहभागिता थियो । राष्टिय आदिवासी जनजाति महिला महासंघकी पूर्व अध्यक्ष तथा नेपाल शेर्पा महिला महासंघकी अध्यक्ष निमी शेर्पाले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै भन्नुभयो, “भगवान बुध्दको धर्मोउपदेश सबैले अनुशरण गरोस् र विश्वमा शान्ति फैलिरहोस् भन्ने उद्देश्यकासाथ सो शान्ति पदयात्रा आयोजना गरिएको हो ।” बौध्द टुसाल स्थित शेर्पा सेवा केन्द्र गुम्बाबाट शुरु भएको सो शान्ति पदयात्रा चाबिहलको चारुमति स्तुपा परिक्रमा गर्दै पुनः शेर्पा सेवा केन्द्रमै पुगेर सम्पन्न भएको थियो ।

अहिंशाका प्रतिमुर्ति भगवान वुध्दलाई भगवान विष्णुको अवतार पनि मानिने भएकोले हिन्दुधर्माबलम्बिहरुले पनिआस्थापुर्वक पुजापाठ गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्