Logo

प्रसिद्ध हिमाली आरोही शेरचनको पार्थिव शरिरको अन्तेष्टि


काठमाडौं । सगरमाथा आरोहरण गर्ने क्रममा आधार शिविरमा ज्यान गुमाउनुभएका प्रसिद्ध हिमाली आरोही मीनबहादुर शेरचनको पार्थिव शरिरको आईतवार अन्तेष्टि गरिएको छ । शेरचनको आइतबार अन्तिम दाहसंस्कार गरिएको परिवारले जनाएको छ । विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षिया आरोही शेरचनको आरोहणका क्रममा निधन भएको थियो । उनको अन्तेष्टिमा नेपाल सरकार उच्च पदस्थ अधिकारी, पर्यटन व्यबसायी, पर्वतारोहीका साथै शुभेच्छुकहरु सहभागि भएका थिए । उनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइएको थियो । शेरचनको निधनले देशले शाहसी आरोही गुमाएको त्यस क्षेत्रका व्यक्तिहरुले प्रतिक्रिया दिएका छन् ।

विश्व रेकर्ड बनाउने सपना पुरा भएन 

सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा जेष्ठ आरोहीको रेकर्ड बनाउने ८६ वर्षीय मिनबहादुर शेरचनको सपना अधुरै बनेको छ । ८६ वर्षीय पुर्व वृटिश गोरखा सैनिक शेरचनले सगरमाथा आरोहण गरेर सबैभन्दा वृद्ध आरोहीको रेकर्ड बनाउने लक्ष्य लिएका थिए । समाचार अनुसार शेरचनको शनिबार अपरान्ह ५ बजेर १४ मिनेटमा निधन भएको थियो ।

अघिल्लो सातामात्रै प्रसिद्ध स्विस पर्वतारोही उली स्टीकले सथरमाथा क्षेत्रमा भएको एक दुर्घटनामा आफ्नो ज्यान गुमाएका थिए भने केही वर्ष अघी जेष्ठ आरोही शैलेन्द्र कुमार उपाध्यायको पनि सगरमाथा आरोहणकै क्रममा मृत्‍यु भएको थियो ।

शेरचनले यसअघि सन् २००८ मा ७६ वर्ष ३४० दिनमा सगरमाथा आरोहरण गरेर कीर्तिमान बनाएका थिए। उनको कीर्तिमान जापानी नागरिकले युचिरो मिउराले तोडिदिएका थिए ।

यसअघि आरोही शेरचन सन् २०१५ मा सगरमाथा आरोहण गर्न गएका थिए । तर वैशाख १२ को भुकम्पपछि उनी आधार शिविरबाटै फर्कन बाध्य भए ।

‘पृथ्वीको रक्षा, मानवताको कल्याण र विश्वशान्तिका लागि’ सन्देश दिने लक्ष्यसहित सगरमाथा आरोहण गर्न गएका शेरचनलाई विभिन्न संस्था र व्यक्तिले सहयोग गरेका थिए ।

यो पटक भने विश्व शान्तिको कामना, पृथ्वीको रक्षा र विश्व मानवताको कल्याणका लागि सगरमाथा चढन लागेको उनले बताए । यसअघि सन् २०१३ र २०१५ मा उनले सरमाथा चढने तयारी गरेका थिए । तर ०७२ बैशाख १२ को भूकम्पका कारण उनको सगरमाथा सपना पुरा भएन । त्यो समयमा उनी सगरमाथाको आधारशिविरसम्म पुगेर फर्किएका थिए ।

सगरमाथामा जानुअघि यसो भनेका थिए

उनको सगरमाथा यात्रा अप्रिल पहिलो सातादेखि सगरमाथा सुरु भएको थियो । उनले सगरमाथा चढ्न उमेरले नछेक्ने बताएका थिए ।

‘कुनै पनि काम गर्न मलाई उमेरले छेक्दैन । कुनै समयमा त मलाई मेरै उमेर बढी लेखिएछ की जस्तो लाग्न थालेको छ’, शेरचनले भनेका थिए, ‘आफू ८६ वर्ष पुगे जस्तो लागेको छैन । पहिला सगरमाथा आरोहणमा जाँदा कि चढेर आउँछु, कि मरेर फर्कन्छु भनेको थिएँ । यो पटक चढेर फर्कन्छु, मरेर जान्न, मलाई इश्वरको कृपा छ ।’

आरोहणका लागि सवा करोड लागेको थियो । त्यसका लागि आवश्यक आर्थिक सहयोग गर्न उनले याचना गरेका थिए । गैर आवासीय नेपाली संघ बेलायत, म्याग्दी प्रवास नेपाली संघ बेलायत तथा बेलायतमा रहेका अन्य विभिन्न संघ संस्थाहरुले उनको सगरमाथा यात्राका लागि सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्