Logo

साहित्यकार अर्यालको ‘न्यायको पक्ष’ सार्वजनिक


काठमाडौं । साहित्यकार अनन्त प्रसाद अर्यालको खण्ड–काव्य छन्दोवद्ध ‘न्यायको पक्ष’ सार्वजनिक भएको छ । शनिवार एक कार्यक्रमका बीच उक्त खण्डकाव्यको विमोचन गरिएको हो । मुजुरा मासिक पत्रिकाले प्रकाशित गरेको ‘न्यायको पक्ष’ खण्ड–काव्यमा महाभारतको वनपर्वमा आधारित रहेर विदुर र धृतराष्ट्रको संवादलाई मुख्य विषयबस्तु बनाइएको छ । त्यतिबेलाको शासनव्यबस्था, पाण्डवमाथि गरिएको भेदभाव, अविवेक, तिरस्कार र स्वार्थको परिधिमा देखापरेको वैचारिक सन्दर्भहरुलाई लेखक अर्यालले सो खण्ड काव्यमा प्रस्तुत गरेका छन । न्यायको पक्ष अभिनव साहित्य समाज जोरपाटी बाहुनधारामा एक कार्यक्रमका बीच विमोचन गरिएको हो । विमोचन कार्यक्रममा बरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो । अर्यालको खण्डकाव्य ऐतिहासिक कथामा आधारीत भएकाले पठनीय हुनुका साथै आध्यात्म र तत्कालीन व्यबस्थाका बारेमा जानकारी दिने महत्वपूर्ण कृति हुने साहित्यकारहरुले बताए । उनीहरुले लेखक अर्यालको लेखकीय शैली उत्कृष्ट रहेको समेत बताए । लेखकका यसअघि छाल कविता संग्रह, न्यायको पक्ष खण्डकाव्य र अन्य फुटकर कविताहरु पनि प्रकाशित भएका छन । लेखक अध्यापन पेशामा पनि संलग्न छन ।

 

प्रतिक्रिया दिनुहोस्