Logo

साहित्यकार अर्यालको ‘न्यायको पक्ष’ बजारमा आउँदै


काठमाडौं । साहित्यकार अनन्त प्रसाद अर्यालको खण्ड–काव्य (छन्दोवद्ध) ‘न्यायको पक्ष’ बजारमा आउने भएको छ । मुजुरा मासिक पत्रिकाले प्रकाशित गरेको ‘न्यायको पक्ष’ खण्ड–काव्यमा महाभारतको वनपर्वमा आधारित रहेर विदुर र धृतराष्ट्रको संवादलाई मुख्य विषयबस्तु बनाइएको छ । त्यतिबेलाको शासनव्यबस्था, पाण्डवमाथि गरिएको भेदभाव, अविवेक, तिरस्कार र स्वार्थको परिधिमा देखापरेको वैचारिक सन्दर्भहरुलाई लेखक अर्यालले सो खण्ड काव्यमा प्रस्तुत गरेका छन् । न्यायको पक्ष चैत २६ गते अभिनव साहित्य समाज जोरपाटी बाहुनधारामा एक कार्यक्रमका बीच विमोचन हुने लेखक अर्यालले जनाएका छन् । लेखकका यसअघि छाल कविता संग्रह, न्यायको पक्ष खण्डकाव्य र अन्य फुटकर कविताहरु पनि प्रकाशित भएका छन् । लेखक अध्यापन पेशामा पनि संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्