Logo

मेरी श्रीमतिमा प्रतिभा छ, मेरो कृपाले नायिका भएकी होइनन्ः बसन्त निरौला


‘विजयपथ, राजनीति, आवेग’ लगायतका चलचित्र निर्देशन गरेका निर्देशक वसन्त निरौला अहिले ‘मेला’ नामको प्रोेजेक्टमा व्यस्त छन् । ‘मेला’ अहिलेका दर्शकलाई मन पर्ने दावी उनले गरेका छन् ।

१. तपाईको निर्देशनमा बन्ने चलचित्र परम्परागत हुन्छ भन्ने आरोप धेरैको छ ?
चलचित्र आफैमा एउटा परम्परागत विधा हो र म कमर्सियल चलचित्रमा विश्वास गर्छु । धेरै दर्शकको झुकाब यस्तै चलचित्रमा हुने भएकाले पनि मैले ति चलचित्रलाई जोड दिएको हुँ ।

२. तपाइ अझै स्टारकै भरमा चलचित्र चलाउन खोज्नु हुन्छ रे हो ?
चलचित्र भन्ने कुरा समय र दर्शकको माग अनुरुप हुनुपर्छ । कुनै वेला स्टारको जमाना थियो । मैले राजेश हमाल, कोमल वलि जस्ता स्टार राखेर चलचित्र बनाएँ । तर, अहिले विषयमा बढी ध्यान दिन थालेको छु ।

३. विषयमा मेहनत थोरै गर्नुभयो तर स्टारकै पछि लाग्नु भयो भन्छन् नि ?
केहि चलचित्रमा स्टार राखेँ भन्दैमा त्यसो भन्न मिल्दैन । बिजयपथ, आवेगमा स्टार राखेँ । अहिले ‘मेला’ बनाउँदैछु । त्यसमा मैले विषयमा प्रशस्त मिहिनेत गरेको छु । कथा लेखनमै धेरै महिना खर्चिएँ ।

४. हरेक चलचित्रमा श्रीमतिलाई अनिवार्य नायिका बनाएको देखिन्छ ? श्रीमतिको दबाब हो कि कथाको आवश्यकता ?
पहिलो चलचित्रमा मैले पवित्रालाई अभिनय गराउँदा मेरो बिहे नै भएको थिएन । ‘आवेग’मा पनि उनको आवश्यकता भएरै राखेको हो । यदि मेरो घरमा कुनै कलाकार छ भने म राख्छु । तर, मैले जर्बजस्ती राखेको छैन । मेरो श्रीमति कोरीयोग्राफी गर्छिन । नयाँ चलचित्रमा उनलाई कोरियोग्राफर बनाउँदै छु । मेरो कृपाले हैन । उनी आफ्नै क्षमताले कोरियोग्राफर बनेकी हुन् ।

५. तपाई उमेरले तन्नेरी भए पनि चलचित्र बुढ्यौली शैलीको बनाउनु भयो भन्नेलाई के भन्नुहुन्छ ?
मैले अघि नै भने नि चलचित्रसमय र दर्शकको माग अनुरुप हुनुपर्छ । बुढ्यौली शैलीकै चलचित्र भने बनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्