Logo

संगीत क्षेत्रमा नयाँ इतिहास रच्दै गायीका रिना राई


गीत संगीतको दुनियाँमा आफ्नो जिवनलाई समपर्ण गर्न चाहाने गायीका रिना राईले नयाँ इतिहास रच्न थालेका छन् । पुर्वीय नेपालको धरान सुनसरीलाई आफ्ना थातथलो बनाएर बसेका राईले पछिल्लो समय संगीत क्षेत्रलाई आफ्नो करिअर बनाएका छन् ।
तीन दर्जन भन्दा पनि बढी गीत–संंगीतमा आवाज भरिसकेकी सुमधुर स्वरकी धनी गायीकाले पछिल्लो समय निकै चर्चित लोक पूर्वेली भाकामा नयाँ गीत ल्याउन थालेका छन् । छिनछिनमा आउछ सझना; हामी त हजुर पुर्वको बासिन्दा; अरुकै हुनु थियो भने तथा झुल्के घाम र भाविले छैन लेखेको जस्ता उनका अहिलेका निकै चर्चित गीतहरु हुन् ।
विषेश गरी आफ्नै दाजु असिम वान्तावाको साथ सहयोक अनि हौशलाको कारण आज यस क्षेत्रमा आउन सफल भएको उनि स्मरण गराउ छिन् । आफूमा मिजासिलो व्यवहार, सहयोगी भावना, कोमलो मन तथा अहमता नभकै कारणले होला सायद उनि आज सम्पूर्ण दर्शक स्रोताको माझमा सबैको प्यारो भएका छन् ।
यतिखेर उनि नयाँ गीत म्यूजिक भिडियोको तयारीसंगै विभिन्न स्टेज प्रोगामहरुमा भ्याँइनभ्याँइ भएका छन् । लामो समयको साधना पछि गायीका राईले सुरुमा सम्झोता नामक एल्बम बजारमा ल्याएका थिए । आफू नौलो र सोझी भएकी कारण त्यो समयमा म्यूजिक कम्पनिबाट ठगीएको प्रति भने अझै उनि गुनासो पोखाउछिन् ।

प्रतिक्रिया दिनुहोस्