बाढीपहिरो र डुबानबाट देशभर २१७ जनाको मृत्यु, २८ जना अझै वेपत्ता
१५,असोज–मंगलबार । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ । २८ जना अझै पनि बेपत्ता रहेका छन् । प्राकृतिक विपतमा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए । बाढीपहिरो र अविरल बर्षाका कारण अझै पनि बिक्रिएका सडकहरु खुलाउने कार्य भइरहेको पनि उनले बताए ।