Logo

बाढीपहिरो पीडित नारिकहरुको उद्धार तथा राहत वितरण कार्यमा सरकार उदासिन बनेको प्रकाश रायमाझीको आरोप


१४,असोज– काठमाण्डौं । अविरल बर्षा र बाढीपहिरो पीडित नारिकहरुको उद्धार तथा राहत वितरण कार्यमा सरकार उदासिन बनेको राजनीतिक विश्लेषक प्रकाश रायमाझीले आरोप लगाएका छन् । प्राकृतिक प्रकोपबाट उत्पन्न जटिल परिस्थितिमा जुधिरहेका नागरिकहरूले असाय महसुस गरिरहेको रायमाझीले बताएका छन् । यस्तो जटिल परिस्थितिमा पनि राज्य बेखबर छ । कार्यकारी प्रधानमन्त्री श्रीमती र धर्मपुत्र अमेरिकामा घुमाउन मै व्यस्त छन् । यता बिचौलिया र व्यापारीले बनाएको सरकारको गृहमन्त्री सहकारी प्रकरणको नाटकमा व्यस्त छन् । कार्यबहाक प्रधानमन्त्रीलाई आफ्नै परिवारको औषधि उपचार गर्न भ्याइ नभइ छ ।

यो आपतकालिन अवस्थामा विपत व्यवस्थापन गर्न यो सरकार पूर्ण रुपमा असफल भएको छ, रायमाझीले भनेका छन् । निकमका प्रशासन अझ बढीदोषी रहेको रायमाझीले बताएका छन् । बाढी पहिरो डुबान प्रभावितहरूलाई राहत तथा उद्धारकार कार्यका नाउँमा जथाभावी चन्दा संकलन गर्ने र दलका भातृी संगठनहरूले दशैँ खर्च उठाउने कार्य गरीरहेको रायमाझीको भनाई रहेका छन् । यस्ता कार्य रोक्न सरकारले तत्काल कदम चाल्न उहाँले आग्रह गरेका छन् ।

बैंकिङ क्षेत्र ,व्यापारी तथा चन्दादाताले पनि रात कोषमा रकम दिँदा थोत्रा प्रधानमन्त्री,मन्त्रीहरुसँगको तस्बिर आदि पोष्ट नगर्न समेत अनुरोध गरेको रायमाझीले बताएका छन् । यो बेला दलाल मन्त्रीहरूको फोटोमा टाँसिएर राजनीति गर्ने बेला होइन रायमाझीले भनेका छन् । नालायक निकममा सरकारका मन्त्रीहरुलाई अनुगमन तथा निरीक्षणका नाममा आउँदा जनताले लखेट्नुपर्ने रायमाझीको भनाइ रहेका छन् । असावधानी गैर जिम्मेवारीको कारणले जनधनको अतुलनीय क्षति भएको माझीको भनाइ रहेको छ ।

कार्यकारी प्रधानमन्त्री कानमा तेल हालेर टुलटुलु रमित हेरेर बसेको माझीले आरोप लगाका छन् । स्वदेश फर्कदा विमान स्थलबाटै उनलाई राजिनामाको निमित्त दबाव दिनुपर्ने उहाँले बताएका छन् । थोत्रा भाषण अर्ति सञ्चार माध्यमहरूमा पनि नदेखाउन हामी आग्रह गर्दछौं उहाँले भनेका छन् । देशभक्त नेपाली जनताहरू आफ्नो घाउमा आफै मलम लगाउन सामर्थ छन् ।

दलि दलीय संकीर्णताको गुटबन्दीबाट राहत तथा उद्धारकार्यमा भेदभावपूर्ण व्यवहार भएमा अब हामी ती भ्रष्ट प्रशासकहरुलाई पनि क्षमा गर्ने छैनौँ माझीले भनेका छन् । राष्ट्रको विपतको घडीमा दलीय संकीर्णता र दलगत स्वार्थभन्दा माथि उठेर हामी नेपालीहरू एकजुट भएर यो समस्याको समाधान गर्न उहाँले अपिल गरेका छन् । कथित राष्ट्रघाती नेताहरूको कसैले पनि समर्थन वा जय जयकार गरेमा नागरिकले अब प्रतिकार गर्ने उहाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्