Logo

राजिनामा बुझाउदै एमालेका मन्त्रिहरु


असार,१८–काठमाडौं । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै नेकपा एमालेका सबै मन्त्रिहरुले राजिनामा बुझाउने भएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजिनामा दिन लागेका हुन् । कांग्रेससँगको सहकार्यमा एमालेले सरकारको नेतृत्व गर्ने भएपछि वर्तमान प्रधानमन्त्रि प्रचण्डको सरकार ढल्ने पक्का भएको छ ।

मध्यरातमा ओली देउवाको भेट र निर्णयले अचनाक यो परिवर्तन ल्याएको हो । नेपाली कांग्रेससँगको सहकार्यमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्रि बन्ने भएपछि एमालेका मन्त्रिहरुले प्रचण्ड सरकारबाट राजिनामा बुझाउन लागेका हुन् । प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्