Logo

सरकार परिवर्तनको विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक बस्दै


असार,१८–काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा सरकार परिवर्तनको विषयमा छलफल गर्ने बुझिएको छ । अहिलेको गठवन्धनमा केही खडपद भएसँगै फेरि नेपाली काँगे्रससँगको सहकार्यमा एमालेले नयाँ सरकार बनाउने तयारी गरेको छ ।

त्यही बिषयमा छलफल गर्न एमाले सचिवालयले बैठक बोलाएको हो । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।

यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन । यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् । काँग्रेससँगको गठवन्धन तोडेर एमालेसँगको नयाँ गठवन्धनसँगै सत्तारोहणमा गएका प्रचण्ड सरकार फेरि छोटो समयमा ढल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्