Logo

आज प्रतिनिधि सभामा जलस्रोत विधेयक प्रस्तुत गर्ने तयारी


१४, असार–काठमाडौ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा आज जलस्रोत विधेयक प्रस्तुत गर्ने तयारी भएको छ । संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको छ । सो बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

संसद् सचिवालयका अनुसार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्