Logo

केयर गिभरमा इजरायल जान सरकारले ८०० जनाको आवेदन खुलायो । फाउण्डेसन अंगेजी टेस्ट लेवल ए २ अनियवार्य चाहिने ।


१२ , असार – काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बैदेशिक रोजगार विभिग मार्फत इजरायलमा ८०० कामदारका लागि आवेदन खुला भएको छ । बैदेशिक रोजगार विभागले एक सुचना प्रकाशित गर्दे केयर गिभर सम्बन्धी काम गर्नको लागि ५ सय जना मुख्य उमेद्धार र ३०० जना सहायक उमेद्धारको लागि सुचना प्रकाशित गरेको छ । जसमध्ये ६० प्रतिशत महिला कामदार र ४० प्रतिशत पुरुष कामदार छनोट हुनेछन् । इजरायल कामदारको लागि आर्कषक गन्तव्य मुलुक मानिन्छ । आवेदन दिनको लागि विभिन्न खालका योग्यता तोकिएको छ ।

इजरायल जानेहरुको न्यूनतम योग्यता ः

१) नेपाली नागरिक,
२) २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
३) कम्तीमा १.५ मिटर उचाई र कम्तिमा ४५ किलोग्राम तौल भएको ।
४) कम्तीमा १० कक्षा उर्तिण गरी अ.न.मी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्यायन पुरा गरेको वा १२ कक्षा वा सो सरह उर्तिण गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धि कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको,
५) प्रबेशज्ञाको लागि प्रकृया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा ३ वर्ष बाँकी रहेको हुनुपर्नेछ ।
६) विगतमा इजरायलमा गई कार्य नगरेको,
७) बाबु, आमा, पति, पत्नि, छोरा, छोरी, इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको,
८) शारिरीक मानसिक रुपमा स्वास्थ्य रहेको, कुनै प्रकारको जीर्ण रोगहरु (क्षयरोग, हेपाटाइटिस, भिरीङगी, गोनोरिया, एड्स) बाट ग्रसित नभएको, गह्रुङ्गो सामान उचाल्न सक्ने लगायतका स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कार्यगर्न, सामथ्र्य भएको र दुव्र्यसनमा नलागेको ।

अंगे्रजी भाषा सम्बन्धी व्यवस्था ः उमेद्धारले अंग्रेजी भाषा परिक्षणको प्रमाणपत्रको रुपमा ब्रिटिस काउन्सील नेपालबाट फाउण्डेसन अंगेजी टेस्ट कम्तिमा ए २ लेभलको कोर्ष लिइएको हुनपर्नेछ ।

कति हुन्छ इजरायलमा केयर गिभरको तलब ः

इजरायलमा नेपालीको मासिक तलब न्यूनतम ८८० सेकेल (इजरायली मुद्रा) अर्थात २ लाख १० हजार नेपाली रुपैया हुनेछ । सन् २०२२ मा एक हजार भन्दा बढी नेपाली केयर गिभरको रुपमा इजरायल गएका थिए । केयर गिभर सम्बन्धी तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिएभिटी) को छोटो अवधिको तालिम कोर्षमा ३९० घण्टाको रहेको र तालिम प्रदायक संस्थाहरुले केयर गिभरको तालिम दिदै आएका छन् ।

साथै केयर गिभरमा इजरायलमा जाने उमेद्धारले अंग्रेजी भाषा परिक्षणको प्रमाणपत्रको रुपमा ब्रिटिस काउन्सील नेपालबाट लिइएको फाउण्डेसन अंगेजी टेस्ट ए २ को व्यवस्था यो पहिलो पटक राखिएको छ । यो व्यवस्थाले केयर गिभर तालिम लिइएर इजरायल जान तयारी गरेकाहरु समेतलाई अन्योल सृजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्