पोल्याण्ड पठाउने बाहानामा गल्फ इम्प्लएर कम्पनी म्यानपावरद्वारा सयौं जनालाई ठगी
फागुन,१८–काठमाण्डौं । बानेश्वर मिनभवन स्थित रहेको गल्फ इम्प्लएर कम्पनी म्यानपावरले पोल्याण्ड पठाउने भन्दै सयौं जनालाई ठगेका छन् । यस म्यानपावरको मुख्य सञ्चालक दिनेश बस्नेत र सुशङ्क अर्याल रहेका छन् । गत बैशाख २८ देखि ३२ गते सम्म चार दिन हजारौं जनालाई अन्तरबार्ता लिएका थिए । मिति २०८०/०१/२० को पूर्व स्वीकृति अनुसार निशुल्क रुपमा एक सय जनालाई बुचरमा पोल्याण्ड लैजाने भन्दै बिज्ञापन गरेका थिए ।
तर अन्तरबार्ताको दिनमा आफ्नै बिज्ञापनको नियम बिपरीत उनीहरुले प्याकीङमा धेरै जनाको नाम निकालेका थिए । सो अन्तरबार्तामा चार हजार जना भन्दा धेरैको अन्तरबार्ता लिएको मध्य ५०० जनालाई छनौट गरिएको तत्कालिन कर्मचारी सरु जोशीले बताइन् । साथै सबै आवेदकहरुबाट प्रति व्यक्ति रु दुई लाख पनि आवेदनसँगै मागेका थिए । प्राय सबैले माग बमोजिम नै रु दुई लाख बुझाएका थिए भने केहीले असीहजार माथी बुझाएका थिए । जम्मा लागत भने वर्क परमीट सम्म ६ लाख र भिषा पछि बाँकी ६ लाख गरि १२ लाख मागेका थिए ।
तत्कालिन अवसथाको कर्मचारी सरु जोशी
१२ लाखबाट एक पैसा पनि घटाउन नसकिने तत्कालिन कर्मचारी सरु जाशीले बताइन् । अहिले नौ महिना सम्म हुँदा पनि पोल्याण्ड पठाउन सक्ने कुनै काँधछाँट नदेखिएपछि आवेदकहरुले धमाधम पासवर्ड र पैसा फिर्ता माग्न थालेका छन् । कसैको पैसा फिर्ता गरेका छन् भने कसैलाई अनेक बाहानबाजी गरेर झुलाई रहेका छन् । आवेदकहरुबाट पैसा उठाउँदा अफिसको बैंक अकाउन्ट पनि नभएको र एकाउन्टमा पैसा हाल्न नमिल्ने भन्दै सिसि क्यामेराबाट छलेर पैसा उठाएका थिए ।
तर अहिले आवेदकहरुले आफ्नो रकम भुक्तानी फिर्ता माग्दा केका लागी दिएको ? कसलाई दिएको ? कम्पनीको एकाउन्टमा पैसा दिएको कुनै प्रमाण छ ? भनेर सञ्चालकहरु दिनेश बस्नेत र सुशाङ्क अर्यालले आफूहरु पानी माथीको ओभानो हुन खोजेका छन् । अहिले पैसाको व्याज र कागजात अनि मेडिकलको पैसा माग्दा कुन सर्तमा दिएको हो ? किन दिएको हो ? हाम्रोमा फ्रि भिजा फ्रि टिकटमा मान्छे उडाउने गरेकाछौं ,भनेर सुशाङ्क अर्यालले आफ्नो म्यानपावरलाई चोख्याउन खोजेका छन् ।
१२ जानको पैसा तत्कालिन कर्मचारी सरु जोशीले गल्फ इम्प्लएर कम्पनी म्यानपावर अफिसमा नै बुझि लिएका थए । अहिले पीडित आवेदकहरु दिन दिनै गल्फ कम्पनी म्यानपावरको अफिसमा धाउने गरेका छन् । रकम भुक्तानी गरेको प्रमाण लिएर जाँदा समेत जसलाई पैसा दिएको हो ?
उसैसँग माग्नु, कि त उहाँ लिएर आउनु भन्दै अनेक बाहानाबाजी गरेर झुलाउने गरेको दिवाकर थापा मगरले बताए । थापाले रु दुई लाख रुपैया बुझाएका थिए । अर्को आवेदक अम्रित बरामले पनि रु दुई लाख बुझाएको बताए । यो म्यानपावर कम्पनीले तीन पटक सम्मा नक्कली वर्क परमित देखाएर झुक्याएका थिए । वर्क परमित आयो भनेर सूचनापाटीमा टाँसे पछि बैदेशिक रोजगार विभागको वेइभसाइडमा चेक गर्दा नदेखिएपछि नक्कली भनेर बल्ल खुलोको हो ।
सरु जोशीलाई अफिसमा पैसा बुझाएको प्रमाण रेकर्ड
वर्क परमित आयो भनेकाहरुको सूचनापाटीमा टाँसिएको नक्कली लिस्ट