Logo

जनतालाई सुखी र खुसी बनाउने गरि योजना बनाऔ ः मुख्यमन्त्री शर्मा


१३,फागुन–सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आवश्यकतामा आधारित भएर उपलब्ध स्रोत साधनको उपयोग गरेर जनतालाई आर्थिक सम्पन्नता मार्फत सुखी र समाजिक न्याय मार्फत खुसी प्राप्त गर्ने योजना तयार गर्नु पर्ने बताउनुभएको छ । उहाले भन्नुभयो ‘ जनताको आवश्यकता र स्रोत साधनको उपलब्धतालाई ध्यान दिएर यर्थातपरक योजना बनाऔ । नागरिक खुसी र सुखी बनाउने गरि योजना बनाईनुपर्दछ ।

कर्णाली प्रदेश योजना आयोग वीरेन्द्रनगर,सुर्खेतको आयोजनामा प्रथम पञ्चवर्षीय समीक्षा र दोश्रो पञ्चवर्षीय योजना तर्जुमा लागि आयोजित आवधिक योजना तर्जुमा निर्देशक समितिको विस्तारित वैठकलाई सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख ब्यवस्थालाई प्रतीधित्व गर्ने योजना चाहिएको बताउनुभयो । उहाले भन्नुभयो ‘ कर्णाली प्राकृतिक स्रोत साधनले सम्पन्न भएपनि जनताको जनजीवन सुधार हुन सकेको छैन ।

जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने गरि योजना निर्माण गर्नुपर्दछ । संविधानले नै समाजवाद उन्मुख ब्यवस्था भनेको छ । यसतर्फ पनि नीति कार्यक्रम र वजेटमार्फत सम्वोधन गरिनुपर्दछ । प्राकृतिक स्रोत साधनको उपयोग, वन पैदवार र कृषिमा आधारित उद्यमशिलता मार्फत रोजगारी सृजना गर्नुपर्ने छ मुख्यमन्त्री शर्माले भन्नुभर्यो दिगो विकास लक्ष्य प्राप्ती गर्न पनि रोजगारि सृजना हुन जरुरी छ । रोजगारी उत्पादनमा भाग लिएर मात्र संभव छ ।

संविधानलाई कार्यान्वय गर्ने सन्दर्भमा नीतिगत रुपमा ऐन कानुन र कार्यान्वय गर्ने संरचना ,जनशक्ति आदिको उचित ब्यवस्थापन विचको तालमेल मिलाउन आवश्यक भएको शर्माको भनाई छ । कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेलले आगामी वर्षको नीति कार्यक्रम र वजेट ल्याउनु अघि सरकारले दोश्रो पञ्चवर्षिय योजना तयार भैसक्ने वताउनुभयो ।

उहाका अनुसार सवै सरोकारवालावाट सुझाव लिएर योजना निर्माण गरिने छ । कार्यक्रममा यस अघि सारिएको पञ्चवर्षिय योजना कार्यान्वयनमा विषयगत मन्त्रालयका तर्फवाट प्राप्त उपलब्धी, चुनौतिका विषयमा समीक्षाको प्रस्तुति भएको छ ।

प्रतिक्रिया दिनुहोस्