इजरायलमा दुःखद घटना घटीरहेका बेला नेपालका राजनीतिक दलहरु गुण्डागर्दी गर्न तल्लिन रहेको राजनीति विश्लेषक प्रकाश रायमाझीको आरोप
असोज २२–काठमाण्डौं । राजनीति विश्लेषक प्रकाश रायमाझीले हाल इजरायलमा दुःखद घटना भइ रहेका बेला नेपालका सबै राजनीतिक दलहरु भने गुण्डागर्दी गर्न मै तल्लिन रहेको बाताउनु भएको छ । उहाँले बिदेशमा रोजगारीका लागि भौतारिएका दाजु भाई दिदीबहिनीहरु मरिरहेका शोकाकुल घडीमा देशमा सन्नाटा छाएको पनि बताउनु भएको छ ।
इजरायलको यस दुखद घटनाले मर्माहत भएको बेलामा राजनीतिक दलहरु भने गुण्डागर्दी गरेर आफ्ना अपराधकर्मका भण्डाफोर गर्नेहरुलाई आतङ्कित पार्ने कार्यमा ब्यस्त रहेको बताउनु भएको छ । पछिल्लो चरणमा राजनीतिक दलहरूको विकृती र विसंगतीको भण्डाफोर गर्दै आएका मेडिकल व्यावसायी दुर्गा प्रसाई माथी दुर्व्यवहार गर्नु निन्दनीय र भत्र्सनायोग्य रहेको पनि उहाले बताउनु भएको छ ।
निषेधको राजनीति र दलीय स्वार्थबाट देशलाई कब्जा गरेर राज्य लुटमा लागेकाहरुलाई यतिबेला कुकर्म कसरी लुकाउने भनेर चिन्तामा परेको पनि विश्लेषक माझीले खुलासा गर्नु भएको छ । स्वतन्त्रतापूर्वक लेख्न, बोल्न पाउने नैसर्गिक अधिकारको हनन् गर्ने अधिकार एमाले लगायतका कुनै पनि दलका नेतालाई नभएको पनि उहाँले बताउनु भएको छ ।
यस्तो उदण्डता र गुण्डागर्दी गर्नेहरु नेपाली जनताको नजरबाट गिरिसकेको उहाँको भनाई रहेको छ । यस्ता क्रियाकलापको विरुद्ध बाध्य भएर प्रतिकार गर्न जनता पनि उत्रनु पर्ने अवस्था उत्पन्न हुन लागेको उहाँले बताउनु भएको छ । गुण्डागर्दीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनै पर्ने माझीको भनाई रहेको छ ।