Logo

वैदिक सनातनी परम्परा र धर्म संस्कृतिमाथी हमला भएको लेखक तथा राजनीतिक विश्लेषक, प्रकाश रायमाझीको दावी


 

भाद्र ९, शनिबार–काठमाण्डौं । लेखक तथा राजनीतिक विश्लेषक, प्रकाश रायमाझीले वैदिक सनातनी परम्परा प्राचीन धर्म संस्कृति र पूर्वीय दर्शनमाथि निरन्तर आक्रमण हुँदै आएको बताउनु भएको छ । भौतिक दून्दबादीहरूले धार्मिक सहिष्णुता माथि दखल पु¥याउने उद्देश्यले नियोजित ढङ्गबाट गौहत्या गर्दै सनातन धर्म माथि खुलमखुला चुनौती दिएको उहाले बताउनु भएको छ । यसको जति निन्दा गरेपनि कम नै हुने उहाँको भनाई रहेको छ । प्रधानमन्त्री स्वयमले पनि जाति राज्य गौहत्या जस्ता घटनालाई संरक्षण प्रोत्साहित गर्दै आएको माझीको भनाई रहेको छ ।

समस्त नेपालीहरु एकजुट भएर यस्ता मतिभ्रष्ट कथित आतंककारी नेताबाट नेपालको पुण्य भूमिलाई बिटुलो बनाउन दिनुहुँदैन भन्ने पक्षमा रहेको पनि उहाँले बताउनु भएको छ । भर्खरै धरानमा भएको घटना सामान्य होइन सदियौंदेखि मिलेर बसेको समाजलाई भड्काउने जातीय द्वन्द्वमा मुलुकलाई धकेलिने योजना स्वारुप भएको उहाँको बताउनु भएको छ । यस्ता व्यक्ति वा संस्थालाई बेलैमा चिनेर कानुनको कठघरामा ल्याउनु पर्ने,अन्यथा गौहत्यामा संलग्न भएका व्यक्ति मात्र होइन राज्य प्रशासक लाई समेत जनताले नांगेझार पारेर सडकमा भौतिक दण्ड दिनु पर्ने अवस्था पनि हुनसक्छ, उहाँले भन्नु भएको छ ।

यसको जिम्मेवार यही निकम्मा सरकारले लिनुपर्ने बिष्लेषक माझीको भनाई रहेको छ । खुलमखुला गौहत्या भइरहदा राज्य प्रशासक मौन बस्नु राज्यसत्ता नै संरक्षण गर्नमा उद्धत भएको उहाँले बताउनु भएको छ । जाति राज्यको गन्ध ,धर्म संस्कृति माथि आक्रमण हुँदा अब हामी मुकदर्शक बनेर नबस्ने पनि उहाँले चेतावनी दिनु भएको छ । कथाकथित धर्मनिरपेक्षता आयातित गणतन्त्रका खेतालाहरूको अत्याचारबाट नेपाली जनताको धैर्यताको बाँध टुटिसकेको पनि उहाँले बाताउनु भएको छ ।

ति विदेशीहरूको गुलामको मुकुण्डो उतार्न अब धेरै दिन बाँकी नरहेको पनि उहाँले बताउनु भएको छ । शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमा रोक लगाएर निकम्मा सरकारले कायरता देखाएको उहाँको भनाई छ । नेपालको कुनै पनि कुनामा गौहत्या वा हाम्रो समाज भड्काउने तत्वहरु सल्बलाउन थाल्छन् भने त्यसको कडा प्रतिकार जस्तोसुकै रुपमा गर्न नागरिक समाज तयार भइसकेको उहाँले बताउनु भएको छ । यस्ता पथभ्रष्टहरूको आदेश मानेर सुरक्षाकर्मीहरु पनि उत्तेजित नहुन हामी आग्रह गर्दछौं लेखक माझीले भन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्