Logo

दुवै मृगौला पिडित फुडोमा तामाङलाई ९२,१०० आर्थिक सहयोग रकम हस्तारण


जेष्ठ,११ बिहिबार–काठमाण्डौं । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे स्थाई घर भएकी फुडोमा तामाङलाई ९२,१०० आर्थिक सहयोग रकम हस्तारण गरिएको छ । तामाङको दुवै मृगौला फेल भएको छ । आर्थिक अवस्था निकै कमजोर भएका कारण आफूले खर्च गरेर उपचार गर्न सक्ने स्थिति नभएपछि अरु मनकारी सहयोगी अभियन्ताहरुबाट उठेको रकमले हाल तामाङलाई गौशला स्थित धर्मशालामा राखेर, डाइलासिस गराउदै आएको छ ।

मलेसियामा रहनु भएका हरि पाण्डे र अमेरिका स्थित कार्यरत सरिता भुजेलको मुख्य पहलमा विभिन्न मनकारी सहयोगीहरुबाट उठेको रकम खोटाङ जिल्ला स्थाई घर भई हाल काठमाण्डौं निवासी सञ्चारकर्मी तथा समाजसेवी भक्त किराँती र अर्घखाँची स्थाई ठेगाना भएका समाजसेवी कमल प्रसाद पाण्डेको संयुक्त हातबाट बुधबार सो रकम गौशला स्थित धर्मशाला डाइलासिस कक्षमा नै हस्तान्तरण गरिएका छन् ।

मलेसियामा रहनु भएका हरि पाण्डे र अमेरिका स्थित कार्यरत सरिता भुजेलको संयोजकत्वमा टिकटक सहयोगी गु्रपद्वारा संकलन गरिएको रु ९२,१०० रकम निज मृगौला पीडित फुडोमा तामाङ संयमलाई समाजसेवीहरु किराँती र पाण्डेले हस्तान्तरण गरेका हुन् । टिकटक स्टार नेपाल सहयोगी टिमले विभिन्न देशमा रहनु भएका मनकारी सहयोगीहरुबाट आर्थिक सहयोग रकम संकलन गरेका थिए ।

सो रकम पीडितलाई हस्तान्तरण गर्नु अघि झक्त किराँतीले सबै सहयोगीदाताहरुको नाम वाचन गरेर सुनाउनु भएको थियो । रकम हस्तान्तरण पश्चात किराँतीले देशबिदेशमा रहनु भएका सबै मनकारी सहयोगीहरुलाई धन्यबाद दिदै आउदो दिनहरुमा पनि फेरि अरु मनकारीहरुले यसरी पीडितको नयाँ जीवन रक्षाको लागि सहयोग अपिल गर्नु भएको थियो । पीडितको मनोबललाई सान्तवना दिदै भक्त किराँतीले बाँकी अपुग रकम पनि फेरि नयाँ सहयोगी मनकारीहरुबाटै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्का समाजसेवी कमल पाण्डेले देशविदेशमा रहनुभएका सहयोगीहरुको थोपाथोपा सहयोगले नै मृगौला पीडित फुडोमा तामाङले नयाँ जीवनसँगै उपचार पाइरहेको बताउदै सबै सहयोगीहरुलाई धन्यबाद ज्ञापण प्रकट गर्नु भएको छ । सहयोग रकम पाएपछि मृगौला पीडित फुडोमा तामाङले खुशी हुँदै सबै मनकारीहरु प्रति धन्यबाद व्यक्त गरेकी थिइन् ।

पीडित तामाङले आफू ९ बर्ष लामो समयदेखि रोगको सिकार भएको र मृगौला फेल भएपछि अहिले निरन्तर डाइलासिस गर्दै आएको बताइन् । आफ्नो श्रीमान र सासु आमा पनि लामो समयदेखि बिरामी नै भएर घरमा थला रहेकाले आफ्नो आर्थिक अवस्था एकदमै कमजोर रहेको बताइन् ।

सानै उमेरको एकलो छोरोको कमाईले धन्न नसकेपछि अहिले विभिन्न समाजिक अयिन्ता तथा सहयोगीहरुको भरमा आफूले उपचार पाईरहेको बताइन् । जसरी पनि आफुले नयाँ जीवन पाएर फेरि नयाँ संसार हेर्न चाहेको बताउदै बाँकी अपुग रकम पनि सहयोग गर्न आग्रह गरेकी छन् ।

अस्पताल प्रशासन र डाक्टरहरुले आफ्नो मृगौला प्रत्यारोपणका लागि जम्मा रु १०,००००० लाख लाग्ने सुझाव दिएको बताइन् । हाल सम्म तामाङको उपचारको लागि पाँच लाख रकम उठेको छ भने बाँकी अझै पाँच लाख आवश्यक रहेको उनकी भनाई रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्