Logo

कोशी प्रदेशको विरोध गर्दै काठमाडौंको बानेश्वरमा मनाईयो उभौली पर्व


बैशाख,२२,शुक्रबार– काठमाण्डौं । पूर्वीय नेपालका किराँतीहरुले यो पटकको उधौली पर्व काठमाण्डौं सडकमा मनाइएका छन् । काठमाडौंमा उनीहरुले कोशी प्रदेशको विरोध गर्दै उभौली पर्व मनाइएको हुन् ।

कोशी प्रदेश नामकरणको विरोध गर्दै काठमाडौंमा बस्दै आइरहेका किराँत समूदायले उभौली पर्व मनाएका हुन् । विगत बर्ष ललितपुर नखिपोट र काठमाण्डौंको गोकर्णेश्वर शहिदपार्कमा मानाउँदै आएका किराँतीहरुले यो पटक कोशी प्रदेशको विरोध गर्दै सरकरलाई घच्घच्याउन लागि काठमाण्डौं मुल सडक बानेश्वरमा मनाइएको हो ।

यो सँगै अन्य किराँतीहरुलेहरु काठमाण्डौंको शहिदपार्कमा पनि साकेला उभौली पर्व मनाएका छन् । आदिबासी किराँत समाजले आयोजना गरेको औपचारिक कार्यक्रमसँगै किराँतीहरुले गोकर्णेश्वरमा उभौली पर्व मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्