Logo

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित भएपछि बिजय उत्सव मनाउन समर्थकहरु आतुर


वैशाख,१२ मंगलबार– काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् । रविको जित सुनिश्चित भएपछि कांग्रेस उम्मेदवार श्रेष्ठले मतदाताको दुःखसुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता जनाएका छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाटै निर्वाचित भएका थिए ।

तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि उनले भारी मतअन्तरले जित दोहोर्याउने निश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनका सर्मथकहरु हौसिएका छन् । अहिले मत गणना स्थलमा बाग्लो संख्यामा सर्मथकहरु जम्मा भएका छन् ।

सरकारलाई दिएको सर्मथन समेत फिर्ता गर्ने रबिले संकेत गरेका छन् । मतपरिणाम आएसँगै काठमाण्डौं गएर छलफल समिक्षा गर्ने र यस बिषयमा सरकारसँग वार्ता गर्ने पनि उनले बताएका छन् । सरकारलाई सर्मथन गरि राख्नु पनि कारण नभएको उनले बताएका छन् । सरकारको काम पनि सन्तोषजनक नभएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्