चितवन २ मा ४१ हजार ५०४ मत सहित रबीको अग्रता कायमै
वैशाख,१२ मंगलबार– तनहुँ । चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले फराकिलो मतान्तर सहित अग्रता बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार रविले ४१ हजार ५०४ मत प्राप्त गरिसकेका छन् ।
उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।
रबीको जीत सुनिश्चि भएपछि उनका समर्थकहरु निकै हौसिएका छन् । तनहँु निर्वाचन क्षेत्र न १ बाट रास्वपाका उमेदवार स्वर्णीम वाग्लेले बिजय हाशिल गरिसकेका छन् ।