सर्वदलीय बैठक पछि बारामा मतगणना सुरु गर्ने तयारी

वैशाख ११,शुक्रबार– बारा । बारा क्षेत्र नम्बर २ मा सर्बदलीय बैठक सकिएपछि मतगणनाको तयारी गरिएको छ । उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्बदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ । त्यहाँ सुरक्षा व्यावस्थ कडाइ गरिएको छ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।