मौसम बदली, पहाडी भू–भागमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावन
बैशाख ९,शुक्रबार–काठमाडौँ । आज मौसम बदली हुने सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको कारण मौसम बदली हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । महाशाखाले कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको जाननएको छ ।
अपरान्ह पछि पश्चिम तराईका केही तथा पहाडी भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । राती कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको छ ।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । यसबाट बच्न र क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनी महाशाखाले अनुरोध गरेको छ ।